- Loading...
भारी वर्षाको चेतावनी, बाढीपहिरोको उच्च जोखिम

- घनश्याम खड्का
- ३ हप्ता अघि
- ८२ पटक पढिएको
नेपालमा यस वर्षको मनसुनले अस्वाभाविक र चुनौतीपूर्ण लय समातेको छ। मौसमविद्हरूको प्रारम्भिक प्रक्षेपण विपरीत पछिल्ला दिनहरूमा देखिएको मनसुनी गतिविधिले वर्षाको मात्रा र जोखिम दुवै बढाएको छ। जल तथा मौसम विज्ञान विभाग र विभिन्न अन्तर्राष्ट्रिय जलवायु मोडेलहरूले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको चेतावनी दिएका छन् ।
वर्षाको तीव्रताका कारण देशका प्रमुख राजमार्गहरूमा असर पर्न थालिसकेको छ। हालैको अविरल वर्षाले कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा सडक सञ्जाल अवरुद्ध भएका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदीमा पानीको सतह बढ्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण मनसुन थप सक्रिय हुने विभागको भनाइ छ । विभागका अनुसार आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने विभागले जनाएको छ ।
प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भन्दै अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन तथा आवश्यक परे रोक्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ ।
नेपालका मौसमविद्हरूले साउन १५ गतेसम्म वर्षाको मात्रा बढ्ने र यससँगै बाढी, पहिरो तथा भू-क्षयको जोखिम उच्च हुने चेतावनी दिएका छन्। हालैका दिनमा मनसुनका कारण देशभरका विभिन्न राजमार्गहरूमा पहिरो खस्दा यातायात अवरुद्ध भएका घटनाहरू समेत सार्वजनिक भएका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमेड)को २०२६ को मनसुन आउटलुक अनुसार, प्यासिफिक महासागरमा विकसित ‘एल निनो’को प्रभावले मनसुनी वायुलाई अत्यधिक अस्थिर बनाएको छ। सिजनभरि लगातार पानी पर्नुको सट्टा छोटो समयमै अत्यधिक वर्षा हुने प्रवृत्ति बढेको छ, जसले तराईमा आकस्मिक बाढी र पहाडी क्षेत्रमा पहिरोको खतरा बढाएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


























