FLASH NEWS
  • Loading...

म्याग्दीमा पूर्णखोप सुनिश्चितता घाेषणा

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ४४ पटक पढिएको
Post Thumbnail

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता र यसको दिगोपना कायम राख्न स्थानीय तहहरूले तीव्र रूपमा घरधुरी सर्वेक्षण र प्रमाणीकरण कार्य अगाडि बढाएका छन्।

आर्थिक वर्ष २०८१/०८२ को जिल्ला स्तरीय नवीनतम समायोजन प्रतिवेदन अनुसार जिल्लाभरका ६ वटै स्थानीय तहमा रहेका कुल ५,०५९ जना बालबालिकाहरूमा गरिएको विस्तृत अध्ययनले म्याग्दीमा खोपको पहुँच आधारभूत रूपमा बलियो देखाए पनि केही रैथाने र प्राविधिक चुनौतीहरू भने कायमै रहेको औंल्याएको छ।

प्रतिवेदन अनुसार म्याग्दी जिल्लाभर ० देखि १५ महिनाका १,०८० जना र १६ देखि ५९ महिनाका ३,९७९ जना गरी कुल ५,०५९ जना बालबालिका सर्वेक्षणको दायरामा समेटिएका छन्। सबैभन्दा धेरै बालबालिका बेनी नगरपालिकामा १,३७४ जना र कम अन्नपूर्ण गाउँपालिकामा ५१६ जना छन्। भौगोलिक रूपमा दुर्गम मानिने मालिकामा १,१०९, धवलागिरीमा ६९१, मंगलामा ७०१ र रघुगंगामा ६६८ जना बालबालिका सर्वेक्षणमा समेटिएका छन्।

उमेर समूहमा बेनी नगरपालिकामा १ जना ‘शुन्य डोज’ र १ जना ‘ड्रप आउट’ फेला परेका छन् भने रघुगंगा गाउँपालिकामा १ जना ‘ड्रप आउट’ भेटिएका छन्। जिल्लाभर समग्रमा १ जना बच्चा शुन्य डोजमा र ४ जना बच्चा खोप ड्रप आउटको सूचीमा परेका छन्।

प्रतिवेदनको अर्को पाटो ०-१५ महिनाका सबै १,०८० बालबालिकाका अभिभावकसँग खोप कार्ड सुरक्षित रहेको पाइएको छ। तर, बच्चा अलि ठुलो भएपछि (१६-५९ महिनाको उमेरमा) खोप कार्ड हराउने वा सुरक्षित नराख्ने प्रवृत्ति देखिएको स्वास्थ्य कार्यालका गणेश सुवेदीले बताए ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र