FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकाके ६१ करोड १४ लाखको बजेट पारित, ७५ प्रतिशत चालू खर्चमै

अन्नपूर्ण गाउँपालिकाके ६१ करोड १४ लाखको बजेट पारित, ७५ प्रतिशत चालू खर्चमै

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ।

गाउँसभाको २३ औं अधिवेशनले “समृद्ध अन्नपूर्ण निर्माणको आधार: दिगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार” भन्ने नाराका साथ नयाँ बजेट पारित गरेको हो।

गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनद्वारा जारी प्रेस नोटका अनुसार विनियोजित कुल बजेटमध्ये चालुतर्फ ४५ करोड ८६ लाख २ हजार रुपैयाँ (७५ प्रतिशत) र पूँजीगततर्फ १५ करोड २८ लाख ६७ हजार रुपैयाँ (२५ प्रतिशत) रहेको छ। गाउँपालिकाले शैक्षिक सुधार, कृषि व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, स्वास्थ्यमा पहुँच र प्रविधिमैत्री सुशासनलाई मुख्य प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए।

बजेटको खर्च संरचना हेर्दा गाउँपालिकाको प्रशासनिक र प्रशासनिक-योजना कार्यतर्फ सबैभन्दा ठूलो हिस्सा अर्थात् २३ करोड ११ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, वडा कार्यालयहरूबाट प्राप्त सिफारिसका आधारमा कार्यान्वयन गरिने विकास कार्यक्रम तथा योजनाहरूका लागि ८ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ । शाखाहरूबाट प्रस्तावित कार्यक्रम तथा योजनाहरूका लागि ५ करोड ४४ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको ७५ प्रतिशत हिस्सा चालू प्रकृतिको खर्चमा सकिने र पूँजीगततर्फ मात्र २५ प्रतिशत बजेट हुनुले भौतिक पूर्वाधार र प्रत्यक्ष उत्पादनशील क्षेत्रमा अपेक्षित बजेट पुग्न नसकेको संकेत गर्दछ।

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको मुख्य स्रोत संघीय सरकारकै अनुदान रहेको छ। आयतर्फ संघीय सरकारको वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडमार्फत मात्रै ५२ करोड ९८ लाख ५६ हजार रुपैयाँ (८६ प्रतिशत बढी) प्राप्त हुने अनुमान छ।

गाउँपालिकाले आन्तरिक आयबाट २ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ, जुन कुल बजेटको करिब ४.०९ प्रतिशत मात्रै हुन आउँछ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको खर्च विवरण पनि सार्वजनिक गरेको छ। जसअनुसार जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ४९.१४ प्रतिशत अर्थात् ३० करोड १७ लाख ३६ हजार रुपैयाँ मात्र खर्च भएको छ।

यसमध्ये चालू खर्चतर्फ ५९.६८ प्रतिशत (२२ करोड ५२ लाख ७५ हजार रुपैयाँ) र पूँजीगततर्फ मात्र ३२.३२ प्रतिशत (७ करोड ६४ लाख ६१ हजार रुपैयाँ) खर्च भएको छ। निर्माणको अन्तिम चरणमा रहेका ठूला योजनाहरूको भुक्तानी असार महिनामा हुने भएकाले केही दिनभित्रै पूँजीगत खर्चको प्रगतिमा उल्लेख्य सुधार आउने दाबी गाउँपालिकाले गरेको छ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र