- Loading...
धवलागिरी गाउँपालिकाद्वारा साढे ४८ करोड बढीको बजेट पारित

- घनश्याम खड्का
- २ हप्ता अघि
- ६५ पटक पढिएको
म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४८ करोड ५२ लाख ३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
गाउँसभाको २६ औं अधिवेशनले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगार: समृद्ध धवलागिरी निर्माणको आधार” भन्ने दीर्घकालीन सोचलाई आत्मसाथ गर्दै नयाँ बजेट सर्वसम्मत पारित गरेको हो।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ ३४ करोड ५५ लाख ६३ हजार रुपैयाँ (७१ प्रतिशत) र पूँजीगततर्फ १३ करोड ९६ लाख ४० हजार रुपैयाँ (२९ प्रतिशत) छुट्याइएको गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले प्रेस नोटमा उल्लेख गरेका छन ।
गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवामा पहुँच, शैक्षिक क्षेत्रको सुधार, कृषिमा व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
क्षेत्रगत रूपमा बजेट विनियोजन गर्दा धवलागिरीले सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ। सामाजिक विकासतर्फ कुल २२ करोड २४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको झण्डै आधा हिस्सा हो।
यस्तै, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ १२ करोड ७३ लाख ४३ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ११ करोड ६५ लाख रुपैयाँ, आर्थिक विकासतर्फ १ करोड ४ लाख रुपैयाँ र वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
धवलागिरी गाउँपालिकाको आगामी वर्षको आयस्रोतको मुख्य आधार संघीय सरकारबाट प्राप्त हुने अनुदान रहेको छ। संघीय सरकारबाट ४१ करोड ९४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट ३ करोड ८ लाख ३ हजार रुपैयाँ प्राप्त हुनेछ।
गाउँपालिकाले आन्तरिक राजस्वबाट ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने चालु आर्थिक वर्ष २०८२/८३ को स्थानीय सञ्चित कोषबाट ३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को असार ४ गतेसम्मको खर्च र आम्दानीको विवरण पनि सार्वजनिक गरेको छ। चालु आवमा ५० करोड ५६ लाख ६ हजार रुपैयाँ आम्दानी हुने प्रस्ताव गरिएकोमा हालसम्म ९१.८४ प्रतिशत अर्थात् ४६ करोड १४ लाख ११ हजार ५ सय २५ रुपैयाँ वास्तविक आम्दानी भइसकेको छ।
खर्चतर्फ चालु विधामा विनियोजित ३६ करोड २ लाख ५१ हजार रुपैयाँमध्ये ५५.८७ प्रतिशत (२० करोड १२ लाख ८० हजार १ सय ४६ रुपैयाँ) खर्च भएको छ। त्यस्तै, पूँजीगततर्फ १४ करोड ६८ लाख ३५ हजार रुपैयाँ विनियोजित भएकोमा असार ४ गतेसम्म ३५.८८ प्रतिशत अर्थात् ५ करोड २७ लाख १० हजार ३ सय ३७ रुपैयाँ मात्र खर्च भएको देखिन्छ।
निर्माणको अन्तिम चरणमा रहेका ठूला योजनाहरूको भुक्तानी दिन बाँकी रहेकाले केही दिनभित्रै पूँजीगत खर्चको प्रगतिमा उल्लेखनीय सुधार हुने गाउँपालिकाले अपेक्षा राखेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















