- Loading...
मंगला गाउँपालिकाद्वारा साढे ४६ करोडको बजेट पारित

- घनश्याम खड्का
- २ हप्ता अघि
- ७८ पटक पढिएको
म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ५० लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित गरेको छ। मंगलबार गाउँपालिकाको केन्द्र बावियाचौरमा सम्पन्न २३ औँ गाउँसभाले कुल ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट पारित गरेको हो।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३३ करोड ५३ लाख २८ हजार ७ सय ५९ रुपैयाँ र पूँजीगत खर्चतर्फ १२ करोड ९६ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा संघीय सरकार सशर्त अनुदान (चालु) २० करोड ७१ लाख, समानिकरण अनुदान ७ करोड ९४ लाख, समपुरक अनुदान (पूँजीगत) १ करोड ९५ लाख र विशेष अनुदान १ करोड ६८ लाख रुपैयाँ रहेकाे छ ।
त्यसैगरी गण्डकी प्रदेश सरकार समानिकरण अनुदान ९६ लाख ५० हजार, समपुरक अनुदान (पूँजीगत) ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ, संघिय राजस्व बाँडफाँडबाट ७ करोड ८२ लाख र प्रदेश सरकारबाट ९१ लाख ८७ हजार रुपैयाँ र आन्तरिक आम्दानी (बैंक मौज्दात)सहित २ करोड ७८ लाख रुपैयाँ रहेकाे गाउँपालिका अध्यक्ष सतप्रसाद राेकाले बताए ।
‘समृद्ध मंगला गाउँपालिका सुखी मंगला बासी जनता’ को नारासहित गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले पेश गरेकाे नीति तथा कार्यक्रम पनि सभाले सर्वसम्मत पारित गरेको छ। यस पटक गाउँपालिकाले दिगो पूर्वाधार, गुणस्तरीय शिक्षा, पहुँचयोग्य स्वास्थ्य, व्यावसायिक कृषि, र पर्यटन प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ।
बजेटमा ‘एक वस्ती एक उद्यम, एक व्यक्ति एक सीप’, ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’, ‘अध्यक्षसँग सहायता कार्यक्रम’, मातृत्व सम्मान, र विपद व्यवस्थापन कोष निर्माण जस्ता कार्यक्रमहरु समावेश छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















