- Loading...
बेनी नगरपालिकाको बजेट ७५ करोड ५२ लाख, ७४ प्रतिशत चालु खर्च, पूर्वाधारलाई प्राथमिकता

- घनश्याम खड्का
- २ हप्ता अघि
- ९२ पटक पढिएको
बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ५२ लाख ७५ हजार रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ।
बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार आयोजित नगरपालिकाको १९ औं अधिवेशन (नगर सभा) बैठकमा उपप्रमुख ज्योति लामिछानेले आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। बजेट सार्वजनिक गर्नुअघि नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख लामिछानेले पेस गरेको बेनी नगरपालिकाको आर्थिक विधेयक २०८३ नगर सभाले सर्वसम्मत पारित गरेको थियो।
चालु खर्चको हिस्सा ठूलो नगरपालिकाले सार्वजनिक गरेको बजेटमा विकास खर्च (पुँजीगत) को तुलनामा प्रशासनिक तथा साधारण खर्च (चालु) तर्फ ठूलो हिस्सा विनियोजन गरिएको छ। कुल बजेटमध्ये चालु खर्चतर्फ ५६ करोड ४ लाख ५० हजार रुपैयाँ अर्थात् ७४.२० प्रतिशत र पुँजीगत खर्चतर्फ १९ करोड ४८ लाख २५ हजार रुपैयाँ अर्थात् २५.८० प्रतिशत मात्र प्रस्ताव गरिएको छ।
बेनी नगरपालिकाको आव २०८३/०८४ को कुल बजेटमा चालु र पुँजीगत खर्चको हिस्सा।
संघीय अनुदान र आन्तरिक आय बेनी नगरपालिकाको आगामी वर्षको बजेटको सबैभन्दा ठूलो आय स्रोत संघीय सरकारबाट प्राप्त हुने अनुदान रहेको छ। जसमध्ये संघीय सशर्त कार्यक्रमबाट मात्रै ३८ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
यस्तै, संघीय समानीकरण अनुदानबाट ११ करोड ७४ लाख, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ४८ लाख ६ हजार, समपूरक अनुदानबाट १ करोड ३७ लाख र विशेष अनुदानबाट ७७ लाख रुपैयाँ प्राप्त हुनेछ। प्रदेश सरकारतर्फ गण्डकी प्रदेश समानीकरण अनुदानबाट १ करोड ५५ लाख ३९ हजार, सवारी करबाट १ करोड ९० लाख ३९ हजार र प्रदेश समपूरक बजेट १ करोड रुपैयाँ रहनेछ। नगरपालिकाले आगामी वर्ष ६ करोड १ लाख ५५ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ।
क्याप्सन: बेनी नगरपालिकाको बजेटका मुख्य आय स्रोतहरू (रु. हजारमा)।
विषयगत क्षेत्रमा पूर्वाधारलाई प्राथमिकता संघीय र प्रदेश सरकारको सशर्त अनुदान बाहेक नगरपालिकाले आफ्ना विषयगत क्षेत्रहरू सञ्चालन गर्न पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। पूर्वाधार क्षेत्रका लागि मात्रै १३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी, सामाजिक विकासतर्फ ६ करोड १६ लाख २५ हजार, आर्थिक विकासतर्फ २ करोड ६ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९१ लाख र कर्मचारीको तलब वृद्धिसहित सुशासन तथा संस्थागत विकासतर्फ ७५ लाख रुपैयाँ बजेट छुट्याइएको उपप्रमुख लामिछानेले नगर सभामा जानकारी दिइन्।
क्याप्सन: बेनी नगरपालिकाको आगामी वर्षको क्षेत्रगत बजेट विनियोजन।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















