- Loading...
मालिका गाउँपालिका म्याग्दीकाे बजेट ४८ करोड ८६ लाख

- घनश्याम खड्का
- २ हप्ता अघि
- ७४ पटक पढिएको
म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
सोमबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको १९ औं गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले चालुगत ३४ कराेड ३० लाख १९ हजार र पुँजीगत शिर्षकमा १४ कराेड ५५ लाख ८९ हजार गरी कुल ४८ करोड ८६ लाख ८ हजार रुपियाँ बराबरको बजेट पेश गरेकी हुन ।
गाउँसभाले अाजै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम र उपाध्यक्ष मगरले पेश गरेकाे बजेट तथा कार्यक्रम पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले बताए ।
बजेटमा अर्थिक विकास तर्फ १ कराेड ५० लाख, सामाजिक विकास तर्फ २८ कराेड ८२ लाख, पूर्वाधार तर्फ ६ कराेड ३० लाख ८ हजार, वातावरण तथा विपद् ब्यवस्थापन तर्फ १ कराेड ८५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ १० कराेड ३९ लाख बजेट विनियाेजन गरिएकाे छ ।
आगामी आर्थिक वर्षको बजेटमा संघीय समानिकरण अनुदान ८ करोड ८९ लाख रुपियाँ, राजश्व फाँडफाँड तर्फ ९ करोड ३ लाख ६३ हजार रुपियाँ, सर्शत अनुदान चालु तर्फ २० करोड ७४ लाख ५० हजार रुपियाँ, सर्शत पुँजीगत अनुदान ५० लाख रुपियाँ, समपुरक पुँजीगत दुई करोड ६ लाख रुपियाँ र विशेष अनुदान ९२ लाख रुपियाँ रहेको छ ।
यसैगरी प्रदेश समानिकरण एक करोड ६ लाख ७७ हजार रुपियाँ राजश्व बाँडफाँड ८७ लाख ६८ हजार रुपियाँ, विशेष अनुदान ४० लाख रुपियाँ र समपुरक अनुदान ६० लाख रुपियाँ बजेटमा आयका रुपमा समावेश गरिएको छ । यस्तै संचित कोषबाट दुई करोड रुपियाँ र आन्तरिक आय एक करोड रुपियाँ बजेटमा बजेटमा अनुमानित आयका रुपमा समावेश गरिएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















