- Loading...
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

- घनश्याम खड्का
- ५ महिना अघि
- ३१२ पटक पढिएको
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।
बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्।
नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९.७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूहका १ लाख ४७१ विद्यार्थीले भने ‘एनजी’ (नन–ग्रेड) को सामना गर्नुपरेको छ, जुन नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो ।
परीक्षामा अमर्यादित गतिविधिमा संलग्न ४० जना परीक्षार्थीको परीक्षा भने बोर्डले रद्द गरेको छ।
नतिजाअनुसार उत्तीर्ण विद्यार्थीमध्ये सबैभन्दा धेरै २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने समूहमा रहेका छन्। विवरणअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने १७ हजार ७८६ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना रहेका छन् ।
त्यसैगरी, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना र १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन्।
बोर्डले नतिजासँगै पूरक (मौका) परीक्षाको समेत मार्ग प्रशस्त गरेको छ। नीतिगत व्यवस्थाअनुसार सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउन नसकेका, बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। बोर्डले यससम्बन्धी समयतालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइट तथा एसएमएस सेवामार्फत सहज रूपमा हेर्न सक्नेछन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























