- Loading...
अमर बानियाँको ‘सुन्दर म्याग्दी’ लोकार्पण

- पुनहिल डट कम
- ३ हप्ता अघि
- ८० पटक पढिएको
धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले आफ्नो जन्मथलो म्याग्दीको प्राकृतिक सौन्दर्य, संस्कृति र जीवनशैलीलाई समेटेर तयार पारेको तस्बिर पुस्तक ‘सुन्दर म्याग्दी’ सार्वजनिक भएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी लगायतका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।
विगत चार दशकदेखि फोटोग्राफीमा सक्रिय बानियाँले यो पुस्तकलाई म्याग्दी चिनाउने ‘आँखीझ्याल’ को रूपमा प्रस्तुत गरेका छन्।
रङ्गीन कलेवरमा प्रकाशित उक्त पुस्तकमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा जानकारी समेटिएको छ। म्याग्दीका पर्यटकीय गन्तव्य, पदमार्ग, सांस्कृतिक सम्पदा, चाडपर्व र होमस्टे जस्ता विषयलाई सुन्दर ढंगले चित्रण गरिएको यस पुस्तकको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।
लोकार्पण कार्यक्रममा वक्ताहरूले ‘सुन्दर म्याग्दी’ म्याग्दीका अध्येता र पर्यटकका लागि एक बहुमूल्य उपहार भएको टिप्पणी गरे। पुस्तकका लेखक बानियाँले आफूले फोटोग्राफी र पत्रकारिताका माध्यमबाट मातृभूमिको ऋण तिर्ने प्रयास स्वरूप यो कृति प्रकाशन गरेको बताए।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















