- Loading...
मनसुनको आगमनमा ढिलाइ: एलनिनोको प्रभावले वर्षा कमजोर हुन सक्ने आँकलन

- घनश्याम खड्का
- ३ हप्ता अघि
- १०५ पटक पढिएको
नेपालमा यस वर्ष मनसुनको आगमनमा केही ढिलाइ हुने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै सामान्यतया जुन १३ मा भित्रिने मनसुन यस वर्ष अझै केही दिन ढिला हुने जानकारी दिएको छ।
विभागकी प्रवक्ता विभूति पोखेलका अनुसार भू-उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आउन अझै केही दिन लाग्ने सम्भावना देखिएको हो। विभागले हाल प्रशान्त महासागरमा ‘एलनिनो’ विकसित भइसकेको र यो अझ बलियो हुने क्रममा रहेको जनाएको छ।
एलनिनोको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ हुनुका साथै यस वर्ष मनसुन कमजोर हुन सक्ने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ।
एलनिनो भनेके प्रशान्त महासागरको मध्य र पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी तातो हुने अवस्था हो। जब यो बलियो हुन्छ, यसले विश्वव्यापी वायुमण्डलीय चाप र हावाको बहावमा परिवर्तन ल्याउँछ, जसले गर्दा नेपालको मनसुनी प्रणाली प्रभावित हुन्छ। एलनिनोको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ हुनुका साथै यस वर्ष मनसुन कमजोर हुन सक्ने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ।
विभागको तथ्यांक अनुसार, विगतका वर्षहरूमा पनि एलनिनोको प्रभावले गर्दा मनसुन आगमन ढिलो भएको पाइन्छ। विभागले सार्वजनिक गरेको तालिकाअनुसार सन् १९७२ देखि २०२३ सम्मका विभिन्न वर्षहरूमा मनसुन जुन १४ देखि जुन २७ सम्मका मितिमा भित्रिएको थियो।
मनसुन औपचारिक रूपमा नभित्रिए पनि हाल नेपालमा पश्चिमी वायुको सक्रियता र स्थानीय वायुको प्रभाव कायम छ। विभागका अनुसार यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम खालको वर्षा भइरहेको छ।
विभागले यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक जानकारी गराउँदै जाने जनाएको छ। साथै, विभागले सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















