- Loading...
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् विस्तार: सुधन गुरूङ गृह र महावीर पुन नवप्रवर्तन मन्त्री बन्दै

- पुनहिल डट कम
- १ महिना अघि
- ७१ पटक पढिएको
प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ। प्रधानमन्त्री शाहले रिक्त रहेको गृह मन्त्रालय र नवप्रवर्तन मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन ।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भइसकेको छ। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी अगाडि बढाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
म्याग्दीबाट निर्वाचित महावीर पुन नवप्रवर्तन मन्त्री
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद महावीर पुन पहिलोपटक देशको नवप्रवर्तन मन्त्रालयको नेतृत्व गर्न लागेका हुन। अध्ययन, अनुसन्धान र प्रविधिको क्षेत्रमा लामो समयदेखि क्रियाशील पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री थिए ।
२७ दिनमै राजीनामा दिएका सुधन गुरूङको गृहमा पुनरागमन
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सुधन गुरूङ पुनः गृह मन्त्रालयको कमान्ड सम्हाल्न आइपुगेका छन । यसअघि गत चैत १३ गते पहिलोपटक गृहमन्त्रीको रूपमा कार्यभार सम्हालेका गुरूङले सेयर लगानी र स्वार्थको बाझिने विषयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै (गत वैशाख ९ गते) पदबाट राजीनामा दिएका थिए ।
छानबिनबाट क्लिन चिट मिलेपछि प्रधानमन्त्री शाहले गुरूङलाइ पुनः गृहकै जिम्मेवारीमा फर्काएका हुन।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















