- Loading...
सँघारमा आइपुगेको मनसुनमा लाग्यो ‘ब्रेक’, सुरुवाती दिनमै खडेरीको त्रास

- पुनहिल डट कम
- ५ दिन अघि
- ७० पटक पढिएको
दक्षिण एसियाली क्षेत्रमा यस वर्षको मनसुन सुरु नहुँदै खडेरी र अत्यधिक गर्मीको संकट गहिरिने संकेतहरू थप बलियो बनेका छन्। छिमेकी भारतमा मनसुन कमजोर र ढिला हुने प्रक्षेपणको प्रत्यक्ष छाया नेपालमा पनि देखिने निश्चित छ।
सामान्यतया नेपालमा जुन १३ मा पूर्वी भागबाट मनसुन भित्रिने रैथाने कार्यतालिका भए पनि भारतमै केरला भित्रिन ढिलाइ भएकाले नेपालमा पनि मनसुन कम्तीमा एक साता ढिलो गरी जेठको अन्तिम वा असारको सुरुतिर मात्रै प्रवेश गर्ने अनुमान मौसमविद्हरूको छ। मनसुन ढिला हुँदा नेपालका तराई र मध्य-पहाडी जिल्लाहरूमा जुन महिनाभरि अत्यधिक गर्मी, तातो हावा (लु) र खानेपानीको संकट थप चुलिने चेतावनी विज्ञहरूले दिएका छन्।
माैषम विद् विनाेद पाेख्रेलका अनुसार मनसून भित्रने समय अझै अनिश्चित रहेको र पश्चिमी बायु पनि कम्जोर रहेकोले, मौसमले अब केहि दिनको लागि बिश्राम लिने देखिन्छ । उनका अनुसार मनसून अझै दछिण भारत (केरेला) सम्म पनि आइपुगेको छैन
जल तथा मौसम विज्ञान विभागले हालै मनसुनी प्रक्षेपण सार्वजनिक गर्दै नेपालका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने भनेको छ । अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको अनुमान छ ।
‘आधिकारिक रूपमा सास्कोफ र विभागको आउटलुकमा एल निनो भएमा औसतभन्दा कम वर्षा हुने भनिएको छ । वर्षा र बादल कम हुँदा स्वाभाविक अधिकतम र न्यूनतम तापक्रम बढ्छ,’ वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्, ‘मनसुनको समग्र अवधिमा तापक्रम बढ्ने सम्भावनाको प्रतिशत बढी देखिएको छ ।’
भारतको केरला राज्यमा मे २६ मै भित्रिनुपर्ने मनसुन पश्चिमी वायुको सुस्त गतिका कारण अझै पूर्ण रूपमा सक्रिय भई माथि उक्लिन सकेको छैन। बंगालको खाडी र अरब सागरमा मनसुनी वायु स्थिर रहेका कारण नेपालमा पनि यस वर्ष मनसुनको आगमन कम्तीमा एक साता ढिलो भई जेठको मसान्त वा असारको सुरुतिर मात्रै प्रवेश गर्ने मौसमविद्हरूको अनुमान छ।
‘स्काइमेट वेदर’ र युरोपेली मौसम मोडेलहरूले पनि जुन महिनाभरि नेपालको तराई र मध्य-पहाडी क्षेत्रमा पानी कम पर्ने र अधिकतम तापक्रम सामान्यभन्दा ३ देखि ५ डिग्री सेल्सियससम्म बढी रहने देखाएका छन्।
विश्व मौसमविद्हरूको ध्यान भने प्रशान्त महासागरमा केन्द्रित छ । प्रक्षेपणअनुसार त्यहाँ ‘एल निनो’ विकसित भए त्यो इतिहासकै बलियो एल निनोमध्ये एक हुन सक्ने उनीहरूले चेतावनी दिएका छन् । जसले दक्षिण एसियासहित नेपालमा कमजोर मनसुन, तापक्रम वृद्धि, खडेरी, कृषि उत्पादनमा गिरावटसँगै खाद्य संकटको चिन्ता बढाएको छ ।
मनसुन भित्रिन ढिलाइ हुँदा र बादल नलाग्दा जुन महिनाभरि विशेषगरी लुम्बिनी, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी, तातो हावा (लु) र खानेपानीको संकट अझै केही हप्ता लम्बिने चेतावनी दिइएको छ।
नेपालको राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षा सिधै आकाशे पानी (मनसुन) माथि निर्भर छ। समयमा पानी नपर्ने र मनसुन कमजोर हुने प्रक्षेपणले असारको मुख्य धान रोपाईंलाई प्रत्यक्ष असर पुर्याउने देखिन्छ। पहाडी भेगमा मकै बाली र उच्च हिमाली क्षेत्रमा चरन खर्कहरू सुक्खा हुँदा पशुपालनमा समेत यसको नकारात्मक प्रभाव पार्ने संभावना छ।
मौसमविद्हरूका अनुसार, एल निनो सक्रिय भएको वर्ष मनसुन अवधिभरि पानी कम पर्ने भए पनि बीच-बीचमा छोटो समयमै ‘अतिवृष्टि’ (एकै ठाउँमा धेरै पानी पर्ने) वा बादल फाट्ने जस्ता चरम मौसमी घटनाहरू भने हुन सक्छन्, जसले गर्दा पहाडमा पहिरो र तराईमा आकस्मिक बाढीको जोखिम भने कायमै रहन्छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























