- Loading...
जलजलालाई पर्यटकीय गन्तव्य बनाउन ७ बुँदे घोषणापत्र जारी, आरक्षहरू स्थानीय सरकार मातहत ल्याउन माग

- घनश्याम खड्का
- १ हप्ता अघि
- ७७ पटक पढिएको
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा अवस्थित उपल्लो जलजला क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ।
धवलागिरि गाउँपालिकाको आयोजनामा सम्पन्न दुई दिने जलजला क्षेत्रको पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया तथा स्थलगत अवलोकन कार्यक्रमका सहभागीहरूले पूर्वाधार विस्तार र प्रचारप्रसारमा जोड दिएका हुन्।
बस्तीभन्दा टाढा रहेको जलजलाको समथर भूभाग, हिमश्रृङ्खला, जैविक विविधता, घना जङ्गल र घुम्ती गोठ जस्ता ग्रामीण सौन्दर्यतालाई प्रवर्द्धन गर्न कार्यक्रममा “चिनौ जलजला, घुमौं जलजला” नारासहित ७ बुँदे ‘जलजला घोषणापत्र–२०८३’ समेत जारी गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले जलजला क्षेत्रलाई सडक र पदमार्गले चुस्त रूपमा जोड्न सके बागलुङ र रुकुमको सिमानामा आउने पर्यटकहरूलाई सहजै भित्राउन सकिने बताए ।
अर्का प्रदेशसभा सदस्य हरि भण्डारीले जलजलालाई पर्यटनसँगै बहुमूल्य जडीबुटी उत्पादनको केन्द्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलाको पर्यटन सम्भावनालाई सफल बनाउन ढोरपाटन शिकार आरक्ष, स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्री र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले निकुञ्ज तथा आरक्षहरूले स्थानीय तहको विकास आकांक्षा र पर्यटन पूर्वाधारमा बाधा पुर्याउने गरेको गुनासो गरे । उनीहरूले विकासका कामलाई गति दिन यस्ता आरक्ष सम्बन्धी निकायहरूलाई स्थानीय सरकारकै मातहत ल्याउनुपर्ने धारणा राखे । मङ्गला गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी खत्रीले जलजलाको प्राकृतिक तथा धार्मिक पर्यटनको विकासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाए ।

तस्बिरमा उल्लेखित ‘जलजला घोषणापत्र-२०८३‘ का मुख्य प्रतिबद्धताहरू (५ बुँदामा):
१. पूर्वाधार विकास र दिगो पहुँच मार्गको विस्तार: पर्यावरणलाई प्रतिकूल असर नपर्ने गरी बेनी-दरबाङ-मुना-जलजला-ढोरपाटन-तकसेरा सडकलाई बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्न पहल गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने र ताकमकोट-बन्चरे-मुना मालिका हुँदै जलजला पर्यटकीय पदमार्गको विकास गर्ने ।
२. ढोरपाटन शिकार आरक्षसँग अन्तर-आबद्धता: जलजला क्षेत्र ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार भएकाले आरक्ष कार्यालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरी संयुक्त पर्यटन प्याकेजहरू र जलजला-ढोरपाटन सर्किट ट्रेकको विकास गर्ने ।
३. पर्यावरण, जैविक विविधता र वन्यजन्तु संरक्षण: जलजला क्षेत्रको रैथाने जैविक विविधता, लालीगुराँस र चिमालको वन, बहुमूल्य जडीबुटी तथा दुर्लभ वन्यजन्तु (रेड पाण्डा) र चिर चराको वासस्थान संरक्षण गर्ने र यस क्षेत्रलाई ‘शून्य प्लास्टिक’ तथा पर्यावरणमैत्री क्षेत्र घोषणा गर्ने । ४. स्थानीय अर्थतन्त्र, होमस्टे र संस्कृति प्रवर्द्धन: पर्यटनको लाभ सिधै स्थानीय समुदायसम्म पुर्याउन जलजलाको फेदी र आसपासका बस्तीहरू (मरेनी, लुलाङ, लमसुङ, खोरिया, गुर्जा, मुना आदि) मा सामुदायिक होमस्टेको विकास गर्ने र स्थानीय मगर, छन्त्याल समुदायको मौलिक संस्कृति, रैथाने खानपान र प्राङ्गारिक उत्पादनलाई कोसेलीका रूपमा प्रवर्द्धन गर्ने ।
५. डिजिटल ब्रान्डिङ, नीतिगत पैरवी र खेल क्षेत्र विकास: “चिनौ जलजला, घुमौं जलजला” डिजिटल अभियानमार्फत वृत्तचित्र र फिचर रिपोर्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्ने, एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी बजेट व्यवस्थापन गर्ने र थप गरिएको बुँदा अनुसार यस क्षेत्रलाई ‘उच्च पर्वतीय खेल प्रशिक्षण केन्द्र‘ एवं ध्यान र योगस्थलको रूपमा विकास गर्ने ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























