FLASH NEWS
  • Loading...

पत्रकार महाँसघ म्याग्दीको नवौं साधारण सभा सम्पन्न

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ७६ पटक पढिएको
पत्रकार महाँसघ म्याग्दीको नवौं साधारण सभा सम्पन्न

नेपाल पत्रकार महाँसघ म्याग्दीको नवौं साधारण सभा शुक्रवार बेनीमा सम्पन्न भएको छ ।
सभाको नेपाल पत्रकार महाँसघ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले एक समारोह विच उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपस्थित नेकपा एमाले अध्यक्ष वालकृष्ण सुवेदी, नेकपाका शेरवहादुर केसी, राप्रपाका अध्यक्ष वीरबहादुर थापा, बेनी नगरपालिका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष लिलाराम गौतम, पत्रकार महाँसघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का समेत वक्ताहरुले पत्रकारिता क्षेत्र र यसको प्रभावकारीतामा नयाँ संञ्चारका माध्यमका रुपमा सामाजिक संञ्जालले चुनौति र अवसर दुवै ल्याएर आएको दावी गरे ।
बक्तहरुले न्यू मिडियाको रुपमा उदाएका सामाजिक संञ्जालहरुमा छिटो भाईरल हुने लोभमा सत्यतथ्य र सामाजिक मर्यादाहरु भत्काउँदै अगाडी बढेकोले पाठकहरुले सत्यतथ्य भन्दाबढी भाईरल र सतही कुरा मात्र पढ्न बाध्य भएको जीकिर गर्दै असल पत्रकारहरुले जिम्मेवार कन्टेन्ट मार्फत पनि आयआर्जन गर्न सक्ने र पाठकलाई गतिलो खुराक पस्कन संभव रहेकोले परम्परावादी पत्रकारितामा सुधार आवश्यक रहेको उल्लेख गरे ।
लोकतन्त्रको प्रमुख मानक आम निर्वाचनबाट निर्वाचित दुई तिहाइको सरकारले जारी गरेको सरकारी विज्ञापन सरकारी मिडियामा मात्र छाप्ने नीति लिएर निजी क्षेत्रको संञ्चार माध्यमलाई धराशायी बनाउने घुमाउरो बाटोबाट बन्द गराएर जनताको आवाज थुन्ने निरंकुश शासक बन्ने उन्मुख रहेको पनि दावी गरे ।
सो अवसरमा सरकारले निजी क्षेत्रका संञ्चार माध्यमहरु बन्द गराउने कुत्सित मनसायबाट सरकारी विज्ञापनमा लगाएको रोक विरुद्ध पत्रकार महाँसघले सुरु गरेको दोस्रो चरणको आन्दोलन प्रतिवद्धतासहित हस्ताक्षर गरेका थिए ।
साधारण सभाले सचिव ठाकुर आचार्यले पेश गरेको प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना तथा कोषाध्यक्ष साधन राम्जालीले पेश गरेको आर्थिक प्रतिवेदनमा ब्यापक छलफलपछि उठेका विषय समावेश गर्नेगरी अनुमोदन गर्दै समाप्त भएको अध्यक्ष हरीकृष्ण गौतमले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र