FLASH NEWS
  • Loading...

खरानीबाट ब्युातिएको ‘वालमन्दिर ः जहाँ भुईमान्छेका चिचिला, कोपिला र फूलहरु फक्रिरहेछन

खरानीबाट ब्युातिएको ‘वालमन्दिर ः जहाँ भुईमान्छेका चिचिला, कोपिला र फूलहरु फक्रिरहेछन

सदरमुकाम बेनीको उत्तरी छेउमा अवस्थित कालीपुल बसपार्कको कोलाहल छिचोल्दै कतै कखरा, कतै एविसी त कतै बालगीतका मधुर गुञ्जन सुनिन्छ । कालीपुल बसपार्कबाट मुस्ताङ छुट्ने बेनी–जोमसोम सडकको पश्चिम किनारामा अवस्थित छ, बालमन्दीर माध्यामिक विद्यालय ।
छेउैमा बग्ने कालीगण्डकी नदी बगरमा गिटी कुट्ने, नदीमा चोपलिएर बालुवा उठाईरहेछन, ठूलाठूला आलिशान भवन बनाईरहेछन । र छेवैका विद्यालयमा भने तिनैका कलिला सन्तानहरू भविश्य उज्वल बनाउने मन्त्र जपिरहेछन, क, ख, ग, ए, विसी अनि एक, दुई, तीन ।
बेनीका चल्तीका निजी र सामुदायिक विद्यालयहरुको भीडमा बालमन्दीर माध्यामिक विद्यालयको कथा अलि बेग्दै, बढी दुरुह र उत्तिकै विद्रोही छ । यो केवल सरकारी विद्यालय मात्र हैन, यो म्याग्दीमा तीन दशक पुरानो सामाजिक उथलपुथल, बर्गीय विभेद र भुईमान्छेहरुको अस्तित्वको लडाईकाे प्रतिक पनि हो ।
विस २०२५ असार १९ गते बेनीमा स्थापित नेपाल बाल संगठनले विस २८ सालदेखी अनि, ‘चिचिला’, ‘कोपिला’ र ‘फुल’ गरी कक्षागत तह अनुसारको नाम राखेर ‘वालमन्दीर’ शिशु विद्यालय सुरु भएकाे थियाे। आधुनिक मन्टेश्वरीको अवधारणा आउनु भन्दा धेरै अघी नै शिशुहरुको प्राकृतिक उमेर अनुसार कक्षालाई बर्गिकरणगरी पठनपाठन सुरु गर्ने अभ्यास आफैमा राम्राे अभ्यास थियो । तिनै चिचिला, कोपिला र फुलहरु अहिले बालमन्दीर माध्यामिक विद्यालयको रुपमा फल दिईरहेछ ।


खरानीबाट व्युातिएको बालमन्दीर ः
विसं २०५२–०६२ को दशक देशमा माओवादी शशस्त्र विद्रोहको राप फैलियो । तव, म्याग्दीका पनि विकट गाउँवस्तीबाट मानिसहरु सहर तर्फ विस्थापित हुन थाले । बेनीमा पनि भीड ओइरिए । मान्छे ओईरिएसँगै बेनीका नीजि तथा सामुदायीक विद्यालयहरुमा पनि विद्यार्थीहरुको चाप बढ्याे ।
राज्यले कागजमा ‘निःशुल्क शिक्षा’ भनेपनि सदरमुकामका सामुदायीक विद्यालयहरुले स्वच्छिक चन्दा, भर्ना सुल्क, सर्टीफिकेट शुल्क आदी आवरणमा गुप्त ब्यापार सुरु गरेका थिए । विद्यार्थीको चाप रोक्ने आवरणमा गैहृकानुनी ‘प्रवेश परिक्षा’ भन्दै विद्यार्थी छनौट थाले । सामान्य परिवारका, धन र पहुँच नभएका बालबालिकाहरुलाई विद्यालयको ढोका बन्द गर्ने यो गज्जवको अस्त्र थियो ।
सीमान्तकृत बर्गका बालबालिकाहरुलाई शिक्षाबाट वञ्चित गर्ने यो वर्गीय षडयन्त्रका विरुद्ध बालमन्दीर आधारभुत विद्यालयको स्तरउन्नती एउटा विद्रोही विकल्प थियो । तर नियति क्रुर बन्यो । ०६० चैत ७ गते माओवादीले म्याग्दी सदरमुकाम बेनीमा झिषण आक्रमण गरे । आत्रमणमा परेर बालमन्दीर विद्यालयको मुल भवन पनि ध्वस्त भयो । करिव एक वर्ष विद्यालय ‘शरणार्थी विद्यालय’को रुपमा कहिले खाद्य संस्थानका अलपत्र गाेदाम भवनमा राखेर समेत संञ्चालन गर्नु परेको तत्कालिन वाल संगठनका अध्यक्ष हरीकुमार श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘त्याे वालमन्दीर प्राविलाइ वाल संगठनबाट छुटाएर याे गर्विलाे मालमन्दीर मावि बनाउन निक्कै पापड पेलाइ सहेकाे छु, धेरैकाे दैलाेमा हात थापेकाे छु । धेरै वचन सहेकाे छु । समाजका धेरै अगुवाले दीयाेमा तेल नभरेकाे भए, याे विद्यालयमा दीप बालिरहन कठिन थियाे, अव तेल थप्ने मात्र हैन, हावाहुरी र बबणडरबाट जाेगाउनु पर्ने छ ।’
अन्ततः ‘विनासको खरानीबाट पुर्नजन्म’ लिएर बालमन्दीर आधारभुत विद्यालय नेपाल बाल संगठनकै मातहत रहनेगरी कालीपुलको सार्वजनिक जग्गामा विभिन्न दाताहरुबाट सहयोग जुटाएर कक्षा कोठा बनाएपछि विद्यालय कालीपुल स्थानन्त्रण गरियो । ०६२ सालमा कक्षा ५ सम्म, ०७२ सालदेखी कक्षा ६–८ सम्म, ०८० देखी कक्षा ९ र ०८१ देखी कक्षा १० सञ्चालनगरी पहिलो ब्याच एसईई परिक्षामा सतप्रतिशत रिजल्ट ल्याउन सफल भएको थियो । सार्वजनिक परिक्षाफल अनुसार २३ मध्य २२ जनाले एसईई परिक्षा उर्तिण भएको वालमन्दीर माविले जनाएको छ ।
आज पनि बेनीका सम्भ्रान्त र कथित मध्यमबर्थीय समाजले बालमन्दीर माध्यामिक विद्यालयलाई हेर्ने दृष्टीकोलमा एउटा गहिरो पूर्वाग्रह र हेयभाव राख्छ । र अहिले पनि बेनीमा विपन्न र श्रमिकका मात्र बालबालिकाले अध्ययन गर्ने विद्यालय भनी यही बालमन्दीर मावि स्थापित छ ।


हेयभाव विरुद्ध विद्रोही स्वर ः ५५ औं वार्षिकोत्सव
आज आफ्नो ५५ औं बार्षिकोत्सवसागै बेनी कालीपुलको कालीबगरबाट विद्यालया प्रधानध्यापक सुरेन्द्र केसीले विद्रोही स्वरमा भने, ‘चरम आर्थिक अभावका बीचमा पनि विपन्नका छोराछोरीले जुन भरोसा राखेर यस विद्यालयमा आएका छन, हामी उनीहरुलाई असल र भसोसायोग्य नागरिक बनाउने संकल्प गरेका छौं ।’
प्रअ केसीले थपे, ‘हामीले यस विद्यालयमा जुन मेहिनत गरेका छौं र परिणाम सार्वजनिक छन, यो समाजले कल्पनै गरेको थिएन । दविएको र छिपाईएको एउटा गुमनाम विद्यालयलाई एक देशमै सदरमुकामका विद्यालयहरुमा देखिने, गनिने र सुनिने हैसिएको विद्यालय बनाएका छौं । अव मजदुरका छोराछोरीहरु पनि सुनिने, देखिने छन ।’
समाजको माक्र हैन, ठुला आर्दश र त्रान्तिकारी शिद्धान्तका कुरा गर्ने शिक्षक नेताहरु, सरकारी संयन्त्रहरुले पनि बालमन्दीरलाई हेयभावले नै ब्यवहार गर्ने गरेका छन । बेनीका अन्य सामुदायकि विद्यालयमा सरुवा भै जान, त्यसको नेतृत्व गर्न, ब्यवस्थापन समिति मार्फत ‘बाजे बराजुले गरेको सहयोगको’ ब्याज खान पल्केकाहरु ठूलो राजनैतिक हानथाप, पहुाचको शक्ति प्रयोग गर्छन । किनभने ति विद्यालयमा ‘ठूलो आर्थिक स्रोत’ छ । तर छेवैको विद्यालयको शैक्षिक तथा प्रशासनीक नेतृत्व गरी आफ्नो क्षमता प्रर्दशन गर्न भने उनीहरु आनाकानी गर्छन । किन ? किनभने त्यहाा विपन्न र श्रमजीवि समुदायका बालबालिका अध्ययन गर्छन ।
विद्यालयको ५५ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि बनेर गएका बेनी नगरपालिकाका मेयर सुरत केसीले बालमन्दीर मावि वास्तवमा आसा लाग्दो र भरोसायोग्य जनशक्ति उत्पादन गर्ने कुरामा समाजले आसा गर्न थालेको सुनाए । यसमा विद्यार्थीं चाप र यसले देखाएको लोभलाग्दो प्रगतिमा नगरपालिकाले हौसला प्रदान गर्न, दरवन्दी ब्यवस्थापन गर्ने देखी योग्य र दक्ष शिक्षकहरु ब्यवस्थापन गरिरहेको दावी गरे ।
मेयर केसीले भने, ‘सडक छेउमा रहेकोले केही डिस्टभेन्स होला तर यही सडक यस विद्यालयलाई दिगोपन दिने गज्जवको दीगो आर्थिक स्रोत बनेको छ । सडक नभएको भए, विद्यालयको आन्तरिक आत्मबल बढ्ने थिएन किनकी सडक छ, ब्यवसायीक भवन बनाएर आर्थिक ब्यवस्थापन गरेका छौं । अव हामी विद्यालयको नाममा जग्गा ब्यवस्थापनमा एक भएर जुटौं, नगरपालिका साथमा छ ।’


बालमन्दीर मावि सदरमुकाम बेनी बजार भित्र रहेपनि यसको सेवा क्षेत्र भने बजार वरपरका वस्ती हुन । विद्यालयमा बजार भित्रका शुन्य विद्यार्थी छ । विद्यालयका सहायक प्रधानध्यापक गिता सुवेदीका अनुसार विद्यालयमा अध्ययनरत प्रायः विद्यार्थीहरु पर्वत जलजला गापा, २,३,४, ५ का विभिन्न वस्ती, बेनी नपा क्षेत्रका पनि खैरेनीवस्तीसमेत बेनी वरपरका मजुरहरु डेरागरी वस्ने मजदुरका सन्तान हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र