FLASH NEWS
  • Loading...

तस्करको रोजाइमा कोरला नाका: ‘तिजी पर्व’को मौका छोपेर भित्र्याइएको ५९२ कार्टुन अवैध भेपसहित दुई कन्टेनर नियन्त्रणमा

तस्करको रोजाइमा कोरला नाका: ‘तिजी पर्व’को मौका छोपेर भित्र्याइएको ५९२ कार्टुन अवैध भेपसहित दुई कन्टेनर नियन्त्रणमा

चीनसँगको उत्तरी सीमावर्ती कोरला नाकास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको छ।
केरला नाकामा बारम्बार भैरहेके अवैध भेप बरामदके घटनाले राजधानी र मुख्य सहरहरूमा माग बढी रहेको ‘भेप’ जस्ता महँगा र अवैध सामग्री भित्र्याउन ब्यापारीहरूले अब स्थापित नाकाहरू छाडेर कोरला जस्तो दुर्गम र भर्खरै खुलेको नाकालाई ‘नयाँ सुरक्षित बाटो’ का रूपमा प्रयोग गर्न थालेका छन् ।
नाकाबाट शङ्कास्पद रूपमा भन्सार छलेर भित्र्याइँदै गरेका दुई वटा मालवाहक कन्टेनरको खानतलासी गर्दा ५९२ कार्टुन भेप फेला परेको हो। भन्सार कार्यालयका अनुसार दुई दिनअघि चिनियाँ भन्सारबाट सामान ‘लोड’ गरिएका ना ६ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरहरू शनिबार साँझसम्म कोरला नाकामै रोकिएका थिए।
शनिबार सार्वजनिक बिदाको दिन परेको र भन्सारका कर्मचारीहरू लोमान्थाङको ऐतिहासिक तिजी पर्व हेर्न गएको मौका छोपी तस्करहरूले ती कन्टेनर नेपालतर्फ गुडाएका थिए।
तर, अवैध रूपमा भेप लैजान लागिएको गोप्य सूचना पाएको भन्सार कार्यालय र सुरक्षा निकायको टोलीले भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा दुवै कन्टेनरलाई बाटोमै नियन्त्रणमा लिन सफल भएको हो।
न्हेचुङ स्थित भन्सार कार्यालयका अनुसार बरामद गरिएको एक कार्टुनमा २२० वटा भेप रहेका छन्। यस आधारमा दुई वटा कन्टेनरमा गरी कुल १ लाख २० हजार पिसभन्दा बढी विद्युतीय चुरोट (भेप) रहेको अनुमान गरिएको छ।
अवैध ओसारपसारमा संलग्न कन्टेनर चालकद्वय सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
स्थानीय ब्यापारीहरूका अनुसार नेपाल–चीन कोरला नाकाको २४ नम्बर सीमास्तम्भ नजिक दुई दिनसम्म यी कन्टेनरहरू शङ्कास्पद रूपमा रोकिएका थिए। चिनियाँ भन्सारबाट सामान पास भएर नेपाल छिरे पनि कन्टेनरहरू तल (बजारतातर्फ) नझरेपछि भन्सार टोलीले निगरानी बढाएके थियो।
कोरला नाकाबाट यसअघि गत पुस ९ गते: रु २ करोड २४ लाख मूल्य बराबरको १६ हजार थान भेप र अघिल्ले वर्षपनि रु ६ करोड ८१ लाख मूल्य बराबरको अवैध भेप पनि अवैध भेप बरामद भएके थिये । कोरला नाका व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै मुस्ताङ खण्डमा अवैध सामान भित्रिने क्रम तीव्र रूपमा बढेको छ ।
त्यस्तै नाका सञ्चालनमा आएसँगै वैधानिक व्यापार मात्र बढेको छैन, बरु सुरक्षा र भन्सारको उपस्थिति कम भएको मौका छोपेर भन्सार छल्ने गिरोह समेत सक्रिय भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र