- Loading...
जलवायु र मनसुन विशेष अपडेट : खण्डवृष्टि र भीषण सुक्खाको दोहोरो जोखिम

- घनश्याम खड्का
- २ हप्ता अघि
- ७९ पटक पढिएको
मौसमविद् डा. बिनोद पोखरेलका अनुसार नेपालमा आगामी दुई हप्ता लगभग दैनिकजसो वर्षा हुने र तापक्रम सरदरभन्दा कम रहने अनुमान वीच अगामी केही महिना जुन २०२६ देखि नोभेम्बर २०२६ सम्मको ६ महिनाको ‘सिजनल फोरकास्ट’ ले भने नेपालसहित सम्पूर्ण दक्षिण एसियामै अत्यधिक सुक्खा हुने देखाएका छन्।
मौसमविद्हरूका अनुसार यस्तो सुक्खाको अर्थ कत्ति पनि पानी पर्दैन भन्ने होइन। बरु यसपालिको मनसुनमा “खण्डवृष्टि” (धेरै दिनसम्म पानी नपर्ने तर कतै एक्कासि ठूलो मात्रामा पानी पर्ने र कतै सुक्खा रहने) प्रकृतिको मौसम देखिन सक्छ। धेरै दिनको सुक्खापछि एक्कासि आउने मुसलधारे वर्षाले बाढी र भीषण पहिरोको जोखिमलाई झन् बढाउँछ। यदि मनसुन समग्रमा सुक्खा भयो भने यसले दक्षिण एसिया क्षेत्रमै ठूलो खाद्य संकट (अनिकाल) सम्म निम्त्याउन सक्छ।
पहिरो र बाढीको पूर्वतयारी: खण्डवृष्टिका कारण गेग्रान सहितको बाढी र पहिरो जान सक्ने संवेदनशील क्षेत्रहरूको पहिचान गरी पूर्वसूचना प्रणाली चुस्त राख्न, सुक्खा समयका लागि पानीका मुहान संरक्षण र खाद्यान्न भण्डारणको योजना तत्काल बनाउन, स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलवायु अनुकूलन र विपद् व्यवस्थापनका लागि विशेष बजेट विनियोजन गर्ने धेरै दिन सुक्खा भएर एक्कासि ठूलो पानी पर्दा कमजोर भूगोल भएका ठाउँमा पहिरो जान सक्छ, सतर्क रहन र मौसमको यो अनिश्चिततालाई ध्यानमा राख्दै खानेपानीको जगेडा गरौँ र खेतीपातीमा वैकल्पिक उपायहरू सोच्ने विज्ञहरूकाे सुझाव छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























