FLASH NEWS
  • Loading...

धौलागिरी अराेहणका ६६ वर्ष : राज्यकाे उपेक्षा, पदमार्गमा सन्नाटा

धौलागिरी अराेहणका ६६ वर्ष : राज्यकाे उपेक्षा, पदमार्गमा सन्नाटा

सन् १९६० मे १३ तारिखमा पहिलो पटक धौलागिरी हिमालको सफल आरोहण भएको अाज ६६ औं वर्ष पुगेकोछ ।
यस उपलक्ष्यमाधवलागिरी गाउँपालिका, ४ मुदीमा ‘धौलागिरी दिवस’ अायाेजना गरियाे । तर, उत्सवको यो माहोलभित्र लुकेको तीतो यथार्थ भने निकै भयावह छ। संसारको सातौं अग्लो र ‘सेतो पहाड’ भनेर चिनिने धौलागिरी प्रथम हिमाल भने पर्वताराेही र पर्वताराेहण गराउने सहयाेगीहरूका्र चरम लापरवाहीका कारण ‘डम्पिङ साइट’ बन्दैछ ।
बेनीबाट वेसक्याम्प सम्मकाे कम्तीमा ९ दिनकाे पदयात्रा मार्ग अहिले नासिएर २ दिनमा झरेकाे छ । स्थानीय ब्यवसायी अाकाशमा उडेका पर्यटकहरू अागनकाे रित्त टुवुलभरी भराइ भएकाे मिठाे कल्पनामा दङ्ग छन ।
धौलागिरीको आधार शिविरदेखि फ्रेन्च, जापानिज र इटालियन क्याम्पसम्मको दृश्य हिमाल जस्तो होइन, कुनै फोहोर संकलन केन्द्र जस्तो देखिन थालेको छ। पर्यटक र उनीहरूका सहयोगीले फालेका दिसापिसाब, खानाका बट्टा, रित्ता अक्सिजन सिलिण्डर, वियरका बोतल र चियाका थर्मसले गर्दा हिउँ पगालेर पानी खान समेत नमिल्ने गरी प्रदूषण बढेको छ।
त्यति मात्र होइन,ट्रेकिङ एजेन्सीहरूले पदमार्ग असुरक्षित रहेको र भरिया नपाइने बहाना बनाउँदै पर्यटकलाई सिधै हेलिकोप्टरमार्फत बेस क्याम्प पुर्‍याउन थालेका छन्। पदमार्गका बस्तीलाई ‘चोर-डाँका’ को आरोप लगाएर पर्यटक भड्काउने ट्रेकिङ कम्पनीहरूको प्रवृत्तीले स्थानीयको आत्मसम्मान र जीविकोपार्जन दुवैमा चोट पुर्‍याएको छ।
अर्कोतिर, स्थानीयले मुदी, बगरा र दोभान जस्ता ठाउँमा ऋणपान गरेर सुरु गरेका ‘होमस्टे’ र टि-हाउसहरू अहिले संकटमा छन्।

धौलागिरी आरोहणको ६६ वर्ष पुग्दा पनि यसको पदमार्ग पूर्वाधारको हिसाबले ओझेलमै छ। जलविद्युत आयोजनाका कारण पहुँच मार्ग छोटिएर बेस क्याम्प पुग्न अब ९ दिनबाट २ दिनमा झरेको छ। तर, सरकार र सरोकारवाला निकायहरूले पदमार्ग सुधार र स्थानीयको सहभागिता सुनिश्चित गर्नुको सट्टा नजिकका बस्तीमा दिवस मनाएर बजेट सक्ने परिपाटीलाई मात्र निरन्तरता दिएका छन्।
अबको बाटो के? हिमाल आरोहणको उत्सव मनाइरहँदा निम्न विषयमा तत्काल ध्यान दिनु जरुरी छ।
धवलागिरी हिमाल अाफ्नाे भुगाेलमा अवस्थित भएपनि यसबाट प्राप्त हुने लाभ केवल हेलिकोप्टर कम्पनी र काठमाडौंका ठूला ट्रेकिङ एजेन्सीहरूको खल्तीमा मात्र सीमित स्थानीय गणेश घर्तिले गुनासाे गरे ।
हिमालको काखमा बसेका मुदी र बगराका स्थानीयहरू कति दिन रमिते मात्र बनिरहनेछन् । एक,दुइ जना जल विधुतका छद्म पात्रहरूलाइ भगवान मानेर पुज्दै अाएकाे स्थानीय सरकारले धवलागिरीकाे लाभ समुदायमा पुर्याउन प्रयत्न हैन, नास्नै उद्यत रहने हाे भने, धवलागिरी हिमाल मुदीक्षेत्रका बासिन्दाकालागी अवसर हैन, अभिशाप बन्ने खतराउन्मुख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र