FLASH NEWS
  • Loading...

कालीगण्डकीको उद्गमस्थलमै वोरिङगरी पानी वितरण गरिँदै

  • पुनहिल डट कम
  • ४ हप्ता अघि
  • १०६ पटक पढिएको
कालीगण्डकीको उद्गमस्थलमै वोरिङगरी पानी वितरण गरिँदै

कालीगण्डकी नदीको उद्गमस्थल लोमन्थाङ्ग स्थित मुस्ताङ हिमालको फेदीमा अवस्थित कोरला भन्सार नाकामा खानेपानी आपूर्ति ब्यवस्था मिलाउन डिप वोरिङबाट पानी निकाल्ने प्रयास थालिएको छ ।
नेपालको उत्तरी कुनोमा अवस्थित तिब्बती पठारको वल्लो छेउमा अवस्थित फराकिलो कोरला पठारमा नजिकै पानीको मुहान नभएको र पश्चिमपट्टी अवस्थित हिमाल फेदीबाट पनि पानी ल्याउन असम्भव प्रायः रहेकोले वोरिङ प्रविधीबाट पानी निकाल्ने प्रयत्न थालिएको लोमन्थाङ गाउँपालिकाले जनाएको छ ।
लोमन्थाङ गाउँपालिका अध्यक्ष टशीनर्वु गुरुङका अनुसार नेपाल–चीन वीचको ३२ नम्बर सीमास्तम्भ रहेको कोरला भन्सार नाकामा ब्यवसाय गर्ने ब्यवसायी र त्यहाँ पुग्ने पर्यटकलाई पानीको सुविधा पु¥याउन बोरिङ प्रविधीबाट पानी निकाल्न थालिएको हो ।
अध्यक्ष गुरुङका अनुसार पानी ब्यवस्थापन हुने भएसँगै कोरला नाकामा ६ वटा शौचालय पनि बनाईएको छ । यस अघी लाखौ पर्यटक पुग्ने कोरलामा प्रयोग गर्ने पानी नहुँदा शौचालय बनाउन सकिएको थिएन तर पर्यटकहरुले भने शौचालय नभएको भनी आलोचना हुने गरेको थियो ।
कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले शिलन्यास गर्दै अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा ब्यापार व्यवसाय गर्ने, कोरलानाकाको अवलोकन गर्न आउने पर्यटक र कोरलानाकाबाट आयात तथा निर्यात गर्ने ब्यापारी लाभान्वित हुने बताए ।
खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरलानाकामा शौचालय निर्माण गरिरहेको उनको भनाई छ । कोरलानाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासँग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र