- Loading...
अन्नपूर्ण फेदीमा अर्को हिमताल फैलिँदै

- घनश्याम खड्का
- ४ हप्ता अघि
- २१९ पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङको विचबाट बग्ने मिस्स्री खोलाको सिरान, अर्थान अन्नपूर्ण प्रथम हिमालको फेदीमा पञ्चकुण्ड हिमताल जस्तै अर्को हिमताल फैलिन थालेको छ ।
त्यही मिस्रीखोला पछ्याउँदै फुतफुते झरना, साँधीखर्क, भुस्केटमेलाहुँदै समुद्र सतहदेखी चार हजार एक सय ९० मिटर उचाईमा अवस्थित पञ्चकुण्ड (अन्नपूर्ण) हिमताल भन्दा केही दक्षिणपूर्व तर्फ अर्को हिमताल देखिएको हो ।
अन्पूर्ण प्रथम हिमालको वेस क्याम्प जाने क्रममा भुस्केट भेलादेखी उकालो लाग्दा बाटोमा सानो ठाडो खोला आउँछ, सुनखोला । हो, यही सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिणपूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमपताल भेटिएको हो ।
हिमनदीको टुप्पोमा मोरिनको बाँधले छेकेपछि पछिल्लो एक दशकदेखी यहाँ ताल बन्न सुरु गरेको स्याटलाइट तस्वीर अध्ययन गर्दा देखिन्छ । स्याटलाईट तस्वीरमा उक्त हिमताल रहेको क्षेत्रमा कुनै समय ठूलो हिमपहिरो गएको स्पष्ट संकेत देख्न सकिन्छ ।
गुगलबाट हेर्दा यो ताल सन् २०१६ देखी बढ्न थालेको देखन्छि । अहिले हेर्दा नक्किै ठूलो भएको देखिन्छ । तर यसको क्षेत्रफल मापत भएको छैन । बेनीका फोटो ग्राफर किरण कार्कीले पञ्चकुण्ड हिमतात पुगेपछि आफु आएको मिस्सीखोलाको किनारको बाटोको ड्रोन फोटो खिचेका थिए । यही ड्रोन फोटो खिच्दा यो हिमताल अर्को कुनोमा चुपचाप फैलिएको अवस्थामा भेटिएको हो ।
एकिकृत पर्वतीय विकासकालागी अर्न्तराष्ट्र्रि केन्द्र (इसिमोड)की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक एवं क्रायोस्फियर र जल, जलवायु तथा वातावरणीय जोखिम विज्ञ फिनु श्रेष्ठका अनुसार विगत १२ बर्षको अवधिमा अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल)को आकार ८ सय ४६ प्रतिशतले विस्तार भएको छ ।
स्याटलाईट तस्वीर विष्लेषण तथ्याङ्क अनुसार सन् २०१३ मा जम्मा ०.०४१ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण हिमताल सन् २०२५ सम्म बढेर ०.३८८ बर्ग किलोमिटर पुगेको छ । सन् २०१३ मा देखिएको तालको आकार सन् २०१५ मा तीन गुणाले बढेर ०.११५ बर्ग किमी पुगेको थियो । ताल सन् २०२१ सम्म अझै बढेर ०.२१६ बर्ग किमी पुगेको थियो । त्यसपछि चार बर्षमा ताल विस्तारको तिब्रता डरलाग्दो देखिन्छ । सन् २०२२ देखी २०२५ विचमा तालको क्षेत्रफल झण्डै दोब्बरले बढेर ०.२८८ बर्ग किलोमिटर पुगेको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























