- Loading...
जल तथा माैषम विभागकाे आँकलन ः वर्खा पानी कम पर्ने, गर्मी बढ्ने

- घनश्याम खड्का
- ४ हप्ता अघि
- ११० पटक पढिएको
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ।
अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ। विभागले भने जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन ऋतु भन्दै वर्षा र तापक्रमको आकलन गर्ने गरेको छ।
सामान्यतया जेठ अन्तिम साता (जुन १३ मा) बंगालको खाडी हुँदै नेपालमा मनसुन भित्रने गर्छ र असोजको अन्तिम साता या कात्तिकको पहिलो सातासम्म मनसुन सक्रिय रहन्छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु विज्ञान महाशाखा मातहतको जलवायु विश्लेषण शाखाले आइतबार यस वर्षको मनसुन ऋतुको जलवायु आकलन सार्वजनिक गरेको हो।
महाशाखाका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हावापानी विश्लेषण शाखाले जनाएको छ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको शाखाको भनाइ छ।
बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

यी स्थानमा छ सरदरभन्दा बढी तापक्रमको सम्भावना
यस वर्षको मनसुन याममा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको शाखाले बताएको छ।
यस वर्ष सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
कोशी प्रदेशको मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको शाखाले बताएको छ।
विभागले विश्व मौसम संगठनको विश्वभर रहेका क्षेत्रीय स्तरका जलवायु विश्लेषण गर्ने केन्द्रहरूको विश्लेषणलाई आकलनको आधार बनाउने गरेको छ। त्यस्तै साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम (साकोफ) को आकलनलाई पनि ऋतुगत आकलनको आधार बनाउने गरेको छ।
शाखाले नेपालको मनसुन याममा जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो, साउथर्न ओसिलेसन (इनसो) तथा हिन्द महासागरमा विकसित हुने इन्डियस ओसियन डिपोल (ओइओडी)को हालको अवस्था विश्लेषण गरेर ऋतुगत आकलन तयार पार्ने गरेको छ। यस अतिरिक्त युरोप तथा एसियामा गत हिँउद तथा प्रि–मनसुन याममा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका विभिन्न कारकको विश्लेषणका आधारमा आकलनलाई समृद्ध बनाउने गरेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























