FLASH NEWS
  • Loading...

ढोरपाटनमा चालु आर्थिक वर्षको दोस्रो सिजनमा १३ नाउर र १० झारल सिकार

ढोरपाटनमा चालु आर्थिक वर्षको दोस्रो सिजनमा १३ नाउर र १० झारल सिकार

ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्षको दोस्रो सिजनमा १३ नाउर र १० झारल गरी २३ वन्यजन्तुको सिकार गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस सिजनका लागि १४ नाउर, १० झारल र १३ बँदेलको सिकारका लागि अनुमति दिएको थियो । तीमध्ये १३ नाउर, १० झारलको सिकार गरिएको हो । कोटा तोकिए पनि बँदेल भने सिकार भएन । यस वर्ष पहिलो सिजनमा ११ नाउर र ८ झारल गरी १९ वन्यजन्तुको सिकार गरिएको थियो ।
मुलुकको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा नाउर, झारल लगाएतका वन्य जन्तुको सिकार खेल्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्ने खुल्ला गर्ने विध्तिय प्रतिस्पर्धाबाट महंगो शुल्क बुझाएर सिकार कम्पनीहरुले हन्टीङ्ग बुकिङ गर्नु पर्छ । ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा हो ।
हरेक वर्ष पहिलो सिजन कात्तिक र दोस्रो सिजनको रूपमा वैशाखमा यहाँ सिकार खुलाइन्छ । चालु वर्ष बँदेलको सिकार गर्ने अनुमति पाए पनि सिकारीले नमारेको आरक्षका सूचना अधिकारी रेन्जर सागर सुवेदीले बताए । सुवेदीका अनुसार सिकारबाट मात्र आरक्षमा ४ करोड १७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा झन्डै दोब्बरले बढी हो ।
अघिल्लो वर्ष सिकारबाट २ करोड ७६ लाख ६० हजार ४ सय राजस्व संकलन भएको थियो । ग्लोबल सफारी प्रालिमार्फत अमेरिकी सिकारीले नाउर र झारलको सिकार गरेका थिए । त्यसबाहेक हिमालयन सफारी, हिमालयन वाइल्डलाइफ आउन फिटर, ग्लोबल सफारिज, ट्राभल एक्पिडिसनमार्फत अमेरिकी, रसियन, फ्रेन्च र डेनिस सिकारी आउने गरेका छन् । प्रतिस्पर्धाका आधारमा अनुमति दिने गरिएको छ ।
आरक्षका ७ वटा ब्लकले बागलुङ, म्याग्दी र रुकुम जिल्लामा ढाके पनि सेनाको सुरक्षा सीमित क्षेत्रमा मात्रै छ । यस वर्षका दुवै सिजनमा मौसम राम्रो परेकाले सिकारीहरू सहजै सिकार गरेर फर्केको आरक्षले जनाएको छ । गत वर्ष खराब मौसमका कारण केही सिकारी अलपत्र परेका थिए । आरक्षले उनीहरूको उद्धार गरेको थियो ।
सुवेदीका अनुसार साउनदेखि यहाँ १९ हजार ८ सय ८१ नेपाली, सार्क देशका १४ जना र युरोप तथा अमेरिकालगायतका तेस्रो मुलुकमा १ सय ४१ पर्यटकले आरक्ष भ्रमण गरेका छन् । ढोरपाटनका लागि जेठ, असार र साउन महिना पर्यटकको बढी आर्कषणमा पर्छ । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकासहित म्याग्दी र रुकुमको जोडिएका पालिकाबाट आउने स्थानीयले भने प्रवेश शुल्क तिर्नु पर्दैन ।
सभ्यताको प्रारम्भकालमा मान्छेले भोक मेट्न शुरु गरेको जंगली जनावरको सिकार गर्ने संस्कृति आजको आधुनिक विश्वमा महंगो सोखको माध्यम बनेको छ । ढुङ्गाका हतियार प्रयोगरी शुरु भएको सिकार खेल्ने प्रविधीमा ब्यापक परिवर्तन आएको छ । सिकार खेल्नु निक्कै संघर्षपूर्ण र जोखिमपूर्ण छ तर सिकारीकालागी उत्तिकै आनन्ददायी सौख पनि ।
धौलागिरी हिमश्रृखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लामा १ हजार तीन सय २५ बर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई विसं २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षले ०४४ सालबाट मात्र सरकारी मान्यता पाएको हो । आरक्षको एक तिहाई भाग हिमाली चरन क्षेत्र/खर्कले ओगटेको छ । एक तिहाई बन तथा पहाडले र बाँकी क्षेत्र मध्यवर्ती क्षेत्र हो । ढोरपाटन उपत्यकामा त्यस क्षेत्रका घोडाहरुको चरन क्षेत्र बनेको छ ।
ढोरपाटन सिकार आरक्षले सेङ, सुनदह, सुर्तिवाङ, वार्से, डोगारी, फागुने र गुस्ताङ्गगरी सात वटा व्लग छुट्टाई दिएको छ । सुर्तिवाङ्ग बाहेक अन्य सवै ब्लकहरुमा नाउर र झारल मार्न पाईन्छ । ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र एक सय ३० प्रजातिका चराचुरुङ्गी पाईन्छन । ८ सय ५२ नाउर, दुई सय झारल रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । ढोरपाटनमा निलभेडा (नाउर) र झारल (हिमाली थार) बढी पाईन्छ । हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा लगाएतका लोपुन्मुख बन्यजन्तुको भने सिकार गर्न निषेध छ ।
ढोरपाटन सिकार आरक्षको अन्तिम गन्तब्य मध्यको एक हो हिमाली चरन खर्क (बुकी) मध्यको प्रमुख ढोरबुकी उपत्यका । काईके तथा खाम भाषी मगर समुदायको बाहुल्य ढोरपाटन क्षेत्रमा विक, नौथर, छन्त्याल, क्षेत्री समेत ८ जाती/जनजातीको बसोबास रहेको छ । म्याग्दीबाट ढोरपाटनहुँदै रुकुमको लुकुमबाट उपल्लो डोल्पा पुग्न सकिने यस पदमार्गलाई ‘रक्तिममार्ग/गुरिल्ला मार्ग’ पनि भन्न थालिएको छ । ढोरपाटनको छेन्टुङ स्थित तिब्बतीयन शरणार्थी क्याम्प र उनीहरुले उत्तरी सीमावर्ती छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतबाट दक्षिणी भारतिय क्षेत्रमा शरणार्थी जीवन विताई रहेका ‘फ्रि तिब्बत’ आन्दोलनका अगुवा धर्मगुरु दलाई लामाबाट दीक्षित ‘ज्ञान’संगै गर्ने नुनको ब्यापार चक्र अर्को आर्कषण हो ।
ढोरपाटनमा रहेको उत्तरगंगा (ढोरबराह)मा जनै पूर्णिमाको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग र रुकुमबाट हजारौं भक्तालुहरु पुग्ने गर्छन । उत्तरगंगाबाहेक रुकुमको मैकोट, म्याग्दीको गुर्जाखानी र बाग्लुङ्गको निशलढोर (गाउँपुजा) प्रमुख धार्मिक स्थलहरु हुन । सुनदह, वार्मीताल, पार्मीताल, भुजुङ्गेताल, मुर्चुलाताल, जाल्पाताल र गन्हाउने ताल ढोरबुकी क्षेत्रका पर्यटकिय गन्तब्य हुन । ढोरपाटनमा रहेको तिब्बतीयन शरणार्थी क्याम्प र उनीहरुसंगै जीवित रहेको नुन र चामलको ब्यापारचक्र अर्को अनौठो संस्कृति हो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र