- Loading...
पर्वतको कुश्मामा ईभी माइक्रो दुर्घटना, १० जना यात्रु घाइते, चालक प्रहरी नियन्त्रणमा

- पुनहिल डट कम
- १ हप्ता अघि
- ९२ पटक पढिएको
पर्वतको कुश्मा नगरपालिका–४ माझमेलास्थित कुश्मा–बागलुङ सडक खण्डमा आज दिउँसो एउटा विद्युतीय सवारी (ईभी) माइक्रो दुर्घटना हुँदा सवार १० जना यात्रु घाइते भएका छन् ।
म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको ईभी माइक्रो दिउँसो करिब ३:०० बजे सडकबाट चिप्लिएर बायाँतर्फको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते र उपचारको अवस्था सवारीमा चालकसहित जम्मा ११ जना सवार रहेका थिए । घाइते हुनेहरूमा म्याग्दी, कास्की र पर्वतका गरी १० जना छन् ।
घाइतेमध्ये म्याग्दी बेनीकी ६० वर्षीया देवी खत्री र पहिचान नखुलेकी करिब ५० वर्षीया लिला नाम गरेकी महिलाको अवस्था मध्यम रहेको छ भने अन्य ८ जनाको अवस्था सामान्य छ । सबै घाइतेहरूको हाल पर्वत जिल्ला अस्पताल कुश्मामा उपचार भइरहेको छ ।
प्रहरीले चालक कास्की पोखरा महानगरपालिका–११ हेम्जा बस्ने २५ वर्षीय मिलन सुनारलाई नियन्त्रणमा लिएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























