FLASH NEWS
  • Loading...

म्याग्दीमा हावाहुरी र बाढीको वितण्डा, विद्यालय,हाइड्रोपावर, सडक र निजी घरमा क्षति

म्याग्दीमा हावाहुरी र बाढीको वितण्डा, विद्यालय,हाइड्रोपावर, सडक र निजी घरमा क्षति

पछिल्लाे एक सातादेखी म्याग्दीका विभिन्न स्थानमा परेकाे पुर्वमनसुनी हावाहुरी र असिना वर्षाका कारण जनजीवन प्रभावित भएको छ।
प्राकृतिक विपत्तिका कारण जिल्लाको शैक्षिक संस्था, जलविद्युत आयोजना र सर्वसाधारणको निजी आवासमा ठूलो भौतिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार वैशाख ७ गतेदेखि १६ गतेसम्मको परेकाे वर्षा र हावाहुरीकाे कारण बेनी-जेमसेम सडककाे विभिन्न खण्डमा मनसुन सुरू नहुँदै यातायात अवरूद्ध हुनुकाे साथै अन्य स्थानमा २५ लाखबढी मुल्यकाे भैतिक क्षति पुगेकाे छ ।
त्यस्तै, अन्नपूर्ण–२ तातोपानी बजारमा बाढी पस्दा तुल बहादुर नेपालीको किराना पसल र दावा शेर्पाको घरमा गरी हजारौँको क्षति भएको छ भने अन्नपूर्ण–६ घारमा यामकुमारी बरुवालको घरको छाना हावाहुरीले उडाउँदा ७० हजार बराबरको क्षति भएको छ।
भारी असिनावर्षाकै कारण बेनी-जाेमसाेम सडककाे महभीर, तातेपानी र दाना क्षेत्रमा दैनिक जस्ताे यातायात अवरूद्ध बनाइरहेकाे छ । त्यस्तै, पाेखरे-घेाेरेपानी सडककाे लुलाए खण्डमा सडक पुर्ण क्षतिग्रस्त बनेकाे छ । त्यस्तै, ताताेपानी-मान्द्रेढुङ्गा सडक पनि क्षति पुगेकाे छ ।
विवरण अनुसार धवलागिरी गाउँपालिका–१, गुर्जास्थित श्री जनकल्याण माध्यमिक विद्यालयको ३ कोठे भवनको जस्ताको छाना वैशाख १६ गते दिउँसोको हावाहुरीले उडाएको छ। विद्यालयमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यसैगरी, रघुगंगा गाउँपालिका–७ मा निर्माणाधीन ५.५ मेगावाटको बगर खोलामा वैशाख १५ गते साँझ बगर खोलाको बाढी पस्दा ड्याम निर्माणका लागि राखिएका निर्माण सामग्रीहरू बगाउँदा करिब ५ लाख बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, वर्षाका कारण धवलागिरी–३, मुनाकी ५६ वर्षीया भिममती शेरपुन्जाको दुई तले कच्ची घरको उत्तरतर्फको गारो पूर्ण रूपमा भत्किएपछि प्रभावित परिवार त्रिपालको ओतमा बस्न बाध्य भएको छ। प्रहरीका अनुसार उक्त घटनामा करिब १ लाखको क्षति भएको प्रहरीले जनाएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र