FLASH NEWS
  • Loading...

जल संकटको घण्टी : इसिमोडको रिपोर्टले देखायो डरलाग्दो चित्र

जल संकटको घण्टी : इसिमोडको रिपोर्टले देखायो डरलाग्दो चित्र

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको पछिल्लो ‘स्नो अपडेट रिपोर्ट २०२६’ ले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रामा २७.८ प्रतिशतले गिरावट आएको देखाएको छ।
यो तथ्याङ्कले नेपालको मुस्ताङबाट बहने कालीगण्डकी, यसको उद्गम थलो र समग्र गण्डकी प्रदेशका हिमालहरूमा गम्भीर संकट आउन सक्ने संकेत गरेको छ । ०८३ वैशाख १४ गते काठमाण्डैमा सार्वजनिक गरिएके प्रतिवेदन अनुसार लगातार चौथो वर्ष पनि सामान्यभन्दा कम हिमपात हुनु र ऐतिहासिक रूपमै न्यून रेकर्ड कायम हुनुले नेपालका उच्च हिमाली भेगका बासिन्दा र तल्लो तटीय क्षेत्रमा निर्भर कृषि प्रणालीमा ठूलो धक्का लाग्ने देखिएको छ।
कालीगण्डकी नदीको मुख्य स्रोत मानिने मुस्ताङका हिमालहरू र धौलागिरी–अन्नपूर्ण हिमशृङ्खलामा हिउँको मात्रा घट्दा कालीगण्डकी जलाधारमा पानीको सतह घट्ने निश्चित देखिएको छ।
नेपालको ऊर्जा उत्पादनको केन्द्र मानिने गण्डकी प्रदेशका प्रमुख नदीहरू— कालीगण्डकी, मर्स्याङ्दी र सेती— सबै हिमालबाट उत्पत्ति हुन्छन्।
रिपोर्टले मेकाङ र ब्रह्मपुत्र जस्ता ठूला नदीमा जलविद्युत् उत्पादन घट्ने चेतावनी दिए जस्तै, नेपालका कालीगण्डकी ‘ए’ र मर्स्याङ्दी करिडोरका आयोजनाहरूमा पनि सुक्खा याममा बिजुली उत्पादनमा गिरावट आउन सक्छ।
हिउँबिनाका काला पहाडहरूले गण्डकी प्रदेशको मुख्य आधार मानिने पर्यटन (विशेषगरी अन्नपूर्ण सर्किट र पदयात्रा) लाई कुरुप बनाउन सक्ने खतरा बढेको छ। रिपोर्ट अनुसार, नेपालका मध्य र पूर्वी हिमालय क्षेत्र अन्नपूर्ण, धौलागिरी र मनास्लु क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा यहाँबाट बग्ने नदीहरूमा पानीको संकट गहिरिनेछ । सगरमाथा र कञ्चनजंघा क्षेत्रका १० मध्ये अधिकांश बेसिनमा हिउँ सामान्यभन्दा निकै कम छ।पश्चिमी बेसिनहरू (अमु दर्या र सिन्धु) मा झैँ नेपालको कर्णाली क्षेत्रमा पनि हिउँमा आश्रित जनजीवनमा पानीको सुरक्षा (Water Security) को प्रश्न उठेको छ।
इसिमोडका शोधकर्ता शेर मोहम्मदका अनुसार, यो वर्षको तथ्याङ्कले मौसमी हिउँको भण्डार ‘प्रणालीगत रूपमै ध्वस्त’ हुन थालेको देखाउँछ। कालीगण्डकी जस्ता नदीमा हिउँ पग्लिएर आउने पानीको हिस्सा ठूलो हुने भएकाले, हिउँ कम हुनु भनेको भविष्यमा पिउने पानी र पारिस्थितिक प्रणालीमा गम्भीर क्षति पुग्नु हो।
जमिनमुनिको पानीको सतह र माटोको ओस पुनः भरिन नपाउँदा भविष्यमा लामो समयसम्म खडेरी पर्न सक्ने र यसले कालीगण्डकी किनारका खेतीयोग्य जमिनलाई मरुभूमिकरण तर्फ धकेल्न सक्ने रिपोर्टको सार छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र