FLASH NEWS
  • Loading...

दक्षिण एसियाली जलवायु मञ्चको रिपोर्ट: सन् २०२६ को मनसुन ‘औसत वा औसतभन्दा बढी’ वर्षा हुने प्रक्षेपण

दक्षिण एसियाली जलवायु मञ्चको रिपोर्ट: सन् २०२६ को मनसुन ‘औसत वा औसतभन्दा बढी’ वर्षा हुने प्रक्षेपण

दक्षिण एसियाली देशका मौसमविद् र जलवायु वैज्ञानिकहरूको साझा संयन्त्रले यस वर्षको मनसुन (जुन–सेप्टेम्बर) दक्षिण एसियाका अधिकांश भागमा ‘सामान्य वा सामान्यभन्दा बढी’ हुने आकलन गरेको छ।
हालै सम्पन्न ‘दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च’को बैठकले प्रशान्त महासागरमा विकसित भइरहेको वायुमण्डलीय अवस्थाका आधारमा यस्तो निष्कर्ष निकालेको हो ।
नेपालकाे जल तथा मौसम विज्ञान विभागले भने नेपालको लागि विशेष मनसुन आउटलुक जारी गर्दै छ । याे समाचार दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले जारी गरेकाे अउटलुकका अाधारमा तयार पारिएकाे हाे ।
नेपालकाे पनि गण्डकी प्रदेशका पहाडी जिल्लाहरू (कास्की, लमजुङ, पर्वत, म्याग्दी, गोरखा आदि) मा यस वर्ष औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। गण्डकी प्रदेशको दक्षिण-मध्य पहाडी भेग (विशेष गरी पोखरा र वरपरका क्षेत्र)मा यसपटक थप मनसुन सक्रिय हुन सक्ने अाँकलन छ । कालीगण्डकी, मर्स्याङ्दी, सेती र बुढीगण्डकी जस्ता ठूला नदीहरू र तिनका सहायक खोलाहरूमा पानीको सतह औसतभन्दा माथि रहने सम्भावना छ।
अहिले (अप्रिल २७) गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावले बदली र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। यो ‘प्रि-मनसुन’ गतिविधि हो, जसले पहाडी क्षेत्रमा विस्तारै तापक्रम बढ्न नदिई मनसुनका लागि वातावरण तयार पारिरहेको छ।
यस वर्ष मनसुनको उत्तरार्धमा ‘ला-निना’ सक्रिय हुने प्रबल सम्भावना छ। मौसमी प्रणालीमा ला-निना सक्रिय हुँदा नेपाललगायत दक्षिण एसियाली मुलुकहरूमा बढी वर्षा हुने गर्दछ। विश्व मौसम संगठनको क्षेत्रीय जलवायु केन्द्रका अनुसार हाल प्रशान्त महासागरमा ‘तटस्थ’ अवस्था रहे पनि जुन महिनापछि ला-निना विकसित हुने छ ।
वर्षा धेरै हुने भए तापनि मनसुन अवधिमा दक्षिण एसियाका धेरैजसो भागमा न्यूनतम तापक्रम भने औसतभन्दा केही बढी रहने सम्भावना छ ।
त्यसैगरी, दक्षिण एसियाली हाइड्रोमेट फोरमका विज्ञहरूले ‘आकस्मिक बाढी’ को पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। पहाडी र हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण हुने हिउँ पग्लने प्रक्रिया र वर्षाको मिश्रणले जोखिम निम्त्याउन सक्ने भन्दै स्थानीय निकायहरूलाई सतर्क रहन सुझाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र