FLASH NEWS
  • Loading...

सांसद पुनद्वारा ठग्ने ठेकेदारलाई ‘झ्याङ्कुटी पार्न’ निर्देशन

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १०२ पटक पढिएको
सांसद पुनद्वारा ठग्ने ठेकेदारलाई ‘झ्याङ्कुटी पार्न’ निर्देशन

म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनले जिल्लाका अधुरा र सुस्त आयोजनाका ठेकेदारहरू विरुद्ध कडा रूपमा प्रस्तुत हुन स्थानीयलाई आह्वान गरेका छन । जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै साँसद पुनले विकासमा लापरवाही गर्नेहरूलाई भौतिक कारबाहीको समेत संकेत गर्नुभयो।
कार्यक्रममा बोल्दै सांसद पुनले योजनामा ढिलासुस्ती गर्ने, आलटाल गर्ने र लापरवाही गर्ने ठेकेदारहरू विरुद्ध स्थानीय स्तरमै आन्दोलन छेड्नुपर्ने बताए। उनले भने, “गुणस्तरहीन काम गर्ने, निर्माण साइटमा जान अटेर गर्ने र ठग स्वभावका ठेकेदारलाई स्थानीयले समातेर झ्याङ्कुटी पार्नुपर्छ।”
विकासका काममा हुने ढिलासुस्तीले जिल्लावासी आजित भएको उल्लेख गर्दै उहाँले अब सहेर बस्न नहुने तर्क गरे।
नीति, नियम र कानुन निर्माण गर्ने सर्वोच्च निकाय (प्रतिनिधि सभा) का सदस्यले नै ‘कानुनी राज्य’ को मापदण्ड विपरीत ‘बाहुबल’ प्रयोग गर्ने आशयको अभिव्यक्ति दिएपछि कार्यक्रममा उपस्थित कतिपय सहभागीहरूबीच खासखुस र अचम्मको भाव देखिएको थियो।
कडा कानुन बनाउने र त्यसलाई कार्यान्वयन गराउने जिम्मेवारीमा रहेका जनप्रतिनिधिले कानुनी उपचार खोज्नुको सट्टा धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै हलमा कतिपयले यसलाई ‘अस्वाभाविक’ मानेका थिए। त्यस्तै, कतिपय प्रश्नहरूकाे उत्तर दिँदा साँसद पुन अलि तयारी विना प्रस्तुत भएका देखियाे ।
यसअघि भएको छलफलमा जिल्लाका स्थानीय तहका प्रमुख, नागरिक समाजका अगुवाहरू, एमाले, काँग्रेस, रास्वपा समेत दलका जिल्ला नेताहरू र कार्यालय प्रमुखहरूले म्याग्दीका मुख्य सडक आयोजना, राष्ट्रिय गौरवका आयोजनामा भइरहेको अवरोध र आगामी बजेटमा समेटिनुपर्ने योजनाहरूको सूचि प्रस्तुत गरेका थिए ।
सांसद पुनले प्राप्त सुझावहरूलाई संघीय सरकारसम्म पुर्‍याउने आश्वासन दिए पनि उहाँको ‘झ्याङ्कुटी पार्ने’ अभिव्यक्तिले भने यतिबेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र