- Loading...
गृहमन्त्री गुरूङले दिए राजीनामा

- पुनहिल डट कम
- ३ हप्ता अघि
- १२० पटक पढिएको
गृहमन्त्री सुधन गुरुङले मन्त्रीपदबाट राजीनामा दिएका छन्। गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिना नपुग्दै बुधबार राजीनामा दिएका हुन्।
मन्त्री गुरुङले आफ्नो फेसबुक पेजमार्फत यसबारेमा जानकारी गराएका छन्। विवादित व्यापारी दीपक भट्टसँगै शेयर कारोबारमा गुरुङको पनि संलग्नता देखिएपछि जनस्तरबाट व्यापक विरोध भएको थियो। यसै विषयमा अनुसन्धानमा सघाउन नैतिकताको आधारमा आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,” उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थ नबाझियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।”
प्रधानमन्त्रीको सचिवालयले उनको राजीनामाको पुष्टि गरेको छ। सचिवालयका अनुसार उनले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाइसकेका छन् र तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्री मातहत नै रहनेछ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























