- Loading...
अन्नपूर्ण र धौलागिरीमा ‘वसन्त’ रौनक : कुन हिमालबाट कति उठ्यो रोयल्टी ?

- घनश्याम खड्का
- ३ हप्ता अघि
- ९० पटक पढिएको
यस वर्षको वसन्त ऋतुमा विश्वका अग्ला हिमालमध्येका दुई प्रसिद्ध चुचुरा—धौलागिरी प्रथम र अन्नपूर्ण प्रथम—आरोहणका लागि पर्वतारोहीहरूको आकर्षण बढेको छ ।
म्याग्दीमा रहेका आठ हजार मिटरभन्दा अग्ला दुई हिमाल अन्नपूर्ण प्रथम र धौलागिरी प्रथममा यो वसन्तकालीन सिजनको पहिलो सफल आरोहण भएको छ। प्रतिकूल मौसम र भारी हिमपातका बाबजुद शनिबार दुवै हिमालको शिखरमा पर्वतारोहीहरू पुग्न सफल भएका हुन् ।
सेभेन समिट ट्रेक्सका अनुसार वैशाख १ गते आधार शिविरबाट प्रस्थान गरेको टोलीले अन्नपूर्ण प्रथम ८,०९१ मि.) को सफल आरोहण गरेको छ। फिक्सिङ टोलीले मार्ग खुला गरेपछि ५ विदेशी र ५ नेपाली शेर्पा गाइडसहित १० जना शिखरमा पुगेका हुन् ।
चार्ल्स पेज (क्यानडा), भालेरी बाबानोभ, भ्लादिमिर अफानास्येभ, युरी क्रुग्लोभ (रसिया) र इस्रफ्ली अशुर्ली (अजरबैजान)। त्यस्तै, लाक्पा शेर्पा, छेवाङ शेर्पा, दावा नुर्बु शेर्पा, पासाङ दुक्पा शेर्पा र छाङ्बा शेर्पा रहेका छन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार यो सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८५ वटा टोलीका ५३३ जनाले अनुमति लिएका छन्। यसमा १७७ जना महिला आरोही समावेश छन्। यस बापत राज्यले कुल ७५ करोड ५८ लाख ६८ हजार २८२ रुपैयाँ रोयल्टी संकलन गरेको छ।
त्यसैविच म्याग्दीमा रहेका दुई हिमाल मध्य अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि ४ वटा टोलीका ८ महिला र १९ पुरुष गरी कुल २७ जनाले अनुमति लिएका छन्। यसबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ रोयल्टी प्राप्त भएको छ।
त्यस्तै, धौलागिरी प्रथम हिमाल अरेहण गर्न ३ वटा टोलीका १२ महिला र १६ पुरुष गरी कुल २८ जनाले अनुमति लिएका छन्। उनीहरूबाट १ करोड २५ लाख ६० हजार ८५० रुपैयाँ रोयल्टी संकलन भएको छ।
पर्वतारोहणको इतिहासमा यी दुवै हिमालको विशिष्ट महत्त्व छ। सन १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथमको सफल आरोहण गरी मानव इतिहासमै ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने कीर्तिमान राखेका थिए। धौलागिरी प्रथमको सफल आरोहण भने सन १९६० मे १३ मा अस्ट्रिया र स्विस टोलीले गरेको थियो।
हिमालबाट करोडौँ रोयल्टी संकलन भइरहँदा स्थानीय तह र बासिन्दाले भने सोचे अनुरूपको लाभ लिन नसकेको गुनासो व्याप्त छ। हिमाल चढ्न आउने पर्यटकहरू सिधै हेलिकप्टरमार्फत आधार शिविर पुग्ने परिपाटीले गर्दा स्थानीय पदमार्ग, होटल र होमस्टे व्यवसाय ओझेलमा परेका गुनासे गरेका छन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























