FLASH NEWS
  • Loading...

वसन्त याममा १२ अरेही अन्नपूर्णको चुचुरोमा

वसन्त याममा १२ अरेही अन्नपूर्णको चुचुरोमा

विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण प्रथम (८,०९१ मिटर) मा ५ विदेशस्समेत १२ जना अाराेहीले शनिवार विहान यस सिजनको पहिलो सफल आरोहण गरेका छन ।
सेभेन समिट ट्रेक्सका अनुसार आज (शनिबार) अनुकूल मौसमको फाइदा उठाउँदै ५ जना विदेशी आरोही र ७ जना शेर्पा पथप्रदर्शकहरूले बिहान अन्नपूर्णको सफल आरोहण गरेका हुन्।
अरेहण गर्नेहरूमा चार्ल्स पेज (अमेरिका), भ्यालेरी बाबानोभ (रसिया), इस्राफली आसुर्ली (अजरवैजान), भ्लादिमिर अफनास्येभ (रसिया), युरी क्रुग्लोभ (रसिया) रहेका सेभेन समिट ट्रेकर्सले जनाएके छ ।
त्यस्तै नेपाली सहयेगी शेर्पाहरूमा लाक्पा शेर्पा, छेवाङ शेर्पा, दावा नुर्बु शेर्पा, पासाङ डुकपा शेर्पा, छाङ्बा शेर्पा, तारामान तामाङ र पासाङ शेर्पा रहेका छन ।
गत अप्रिल १४ मा आधार शिविरबाट प्रस्थान गरेको यो टोलीले भारी हिमपात र कठिन भू–बनोटलाई चिर्दै शिखरसम्मको यात्रा तय गरेको हो। रुट फिक्सिङ टोलीले डोरी टाँग्ने काम सम्पन्न गरेलगत्तै यो टोली अन्तिम अभियानका लागि अघि बढेको थियो।
त्यसैविच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस वर्षको वसन्त ऋतुमा अन्नपूर्ण हिमालका आरोहणका लागि ३ वटा भन्दा बढी आरोहण दलका करिब २५ देखि ३० जना आरोहीहरूले अनुमति लिएका छन्।
अन्नपूर्ण हिमाललाई मृत्युदरका हिसाबले सबैभन्दा जोखिमपूर्ण ८,००० मिटर अग्ला पहाडमध्ये एक मानिन्छ। विशेष गरी यहाँ जाने हिमपहिरो मुख्य चुनौती हुने गर्छ। सेभेन समिट ट्रेक्सले जानकारी दिएको विवरण अनुसार हाल शिखरमा पुगेका सबै आरोहीहरू सुरक्षित रहेको र उनीहरू आधार शिविरतर्फ ओर्लिरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र