- Loading...
जलवायु परिवर्तनकाे असर नाँसिदै हरियाे ओखती

- घनश्याम खड्का
- १ महिना अघि
- ८८ पटक पढिएको
जडीवुटी तथा खाद्य वनस्पतिहरु ग्रामिण समुदायको जीविकोपार्जनका प्रमुख आधार हुन । तर मानव सृजित जलवायु परिवर्तनले निम्त्याएको विश्वब्यापी तापवृद्धीको असर पारिस्थितिक प्रणालीमा पर्न थालेको छ ।
जलवायु परिवर्तन तथा तापवृद्ध (ग्लोवल वार्मिङ)को कारणले जडीवुटीका प्रजातिहरु अनुकुल वातावरणको खोजीमा माथीमाथी चढ्न थालेका छन । अनियमित र असामयीक बर्षा र हिमपात, लामो खडेरी, वेमौषमी अधिक बर्षा आदी बर्षाको फेरिएको स्वभावले गर्दा जडिबुटीका विरुवाको प्रजनन, फुल फुल्ने र फल्ने समयमा फेरिन थालेसँगै जडिबुटी तथा जंगली फलफुल, खाद्य वनस्पति (च्याउ, यार्चागुम्बा)को उत्पादन घट्दै गएको पाईएको छ ।
पहाडी तथा हिमाली रैथाने जडीबुटी ग्रामिण भेगका जनताको औषधोपचार र आयआर्जनको मुख्य स्रोत हुन । तर जलवायु संकटले यी बहुमुल्य स्रोतहरु तीव्र संकटमा परिरहेका छन । तापक्रमबृद्धीले गर्दा पहाडी तथा हिमाली क्षेत्रका जडिबुटी माथी सर्दै गर्दा सिमीत बासस्थान तर्फ सर्दै गर्दा चरम मौषमी घट्ना (अनियमित तथा वेमौषमी बर्षा र हिमपातले बृद्धीचक्रमा असर पर्दा यसको उत्पादन घटेको छ ।
जडिबुटीको प्राकृतिक उत्पादन घटेपछि जडीबुटी संकलन र ब्यापारमा निर्भर गरिव तथा सीमान्तकृत समुदायको आम्दानीको स्रोत घट्दा दैनिकी विथोलिएको मात्र हैन, जडिबुटी चिन्ने, महत्व जान्ने र उपयोग गर्ने परम्परागत रैथाने ज्ञान नासिने जोखिम बढेको छ ।
उच्च हिमाली तथा पहाडी भेगमा पाईने ४० भन्दाबढी प्रजातिका जडिबुटु वनस्पतिहरु प्राकृतिक उत्पादन (उम्रने र फैलने) क्षमता घट्नुमा जलवायु परिवर्तन र तापवृद्धी एउटा प्रमुख कारण भएको बंगलादेश, भारत र नेपालमा जडिवुटी र वातावरण ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको प्राज्ञ सोलुसन फर सस्टेनेवल डेभलपमेन्ट (पिएसएसडी)मा जलवायु परिवर्तन अनुकुलन र हिमाली क्षेत्रको दिगो विकास विज्ञको कार्यरत कन्ट्री म्यानेजर डा.नविनराज जोशी बताउँछन ।
पहाडी तथा हिमाली रैथाने जडीबुटी ग्रामिण भेगका जनताको औषधोपचार र आयआर्जनको मुख्य स्रोत हुन । तर जलवायु संकटले यी बहुमुल्य स्रोतहरु तीव्र संकटमा परिरहेका छन । तापक्रमबृद्धीले गर्दा पहाडी तथा हिमाली क्षेत्रका जडिबुटी माथी सिमीत बासस्थान तर्फ सर्दै गर्दा चरम मौषमी घट्ना (अनियमित तथा वेमौषमी बर्षा र हिमपातले बृद्धीचक्रमा असर पर्दा यसको उत्पादन घटेको छ ।
जडिबुटीको प्राकृतिक उत्पादन घटेपछि जडीबुटी संकलन र ब्यापारमा निर्भर गरिव तथा सीमान्तकृत समुदायको आम्दानीको स्रोत घट्दा दैनिकी विथोलिएको मात्र हैन, जडिबुटी चिन्ने, महत्व जान्ने र उपयोग गर्ने परम्परागत रैथाने ज्ञान नासिने जोखिम बढेको छ ।
दिगो कृषी तथा जैविक स्रोतकालागी एशिया नेटवर्क (एनसाव)का निर्देशक भिष्म सुवेदीका अनुसार जलवायु परिवर्तनले पारिस्थितिक प्रणालीमा असर गर्दा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाईने जडुबुटीको भित्री रसायनिक संरचना (एजथतयअजझmष्अब िअयउयकष्तष्यल) र गुणस्तरमा पनि कमी (च्भमगअतष्यल ष्ल त्तगबष्तिथ) घटेको पाईएको छ । जडिवुटीहरुले आफ्नो प्रजनन क्षमता मिचाह प्रजातिका बोटविरुवा फैलिन थलोका छन । तर जडिबुटीको उत्पादन घट्नु र मिचाह प्रजातिका विरुवा फैलनुमा अब्यवस्थित दोहन, खुल्ला चरिचरनमा आएको बदलाव पनि उत्तिकै जिम्मेवार रहेको वन अधिकारीहरु बताउँछन ।
जलवायु परिवर्तनको असरले विश्वब्यापी जमिनको तापवृद्धीहुँदा मेडिकलन वनस्पति मात्र हैन, अन्य जैविक वनस्पतिहरु आवास, समयचक्र र विस्तारमा गम्भीर प्रभाव देखिन थालेका छन । विरुवाहरुले आफ्नो जैविक स्वभाव र संरचना पनि फेरिन थालेका छन ।
बेनी नगरपालिका, ९ नेप्टेचाैर घर भै कृषी तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाबाट वन औषधी सतुवाको अध्ययन गरेका रेन्जर सुर्पन चोखालका अनुसार म्याग्दीका धवलागिरी, मंगला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न नर्सरी र खेतमा रोपिएका वन औषधी सतुवाको ५ वर्षसम्म स्थलगत अध्ययन गर्दा जमिनको तापक्रम बृद्धी भएकोले पछिल्ला वर्षहरुमा सतुवाको विरुवा छिटो सुक्ने र वर्खासमयमा सतुवाको गाना कुहिने समस्या देखिएको थियो ।
सतुवाका अध्यता चोखाल भन्छन, ‘धवलागिरी गाउँपालिका, ४ खिवाङगमा पहिला त्यही ठाउँमा राम्रो उत्पादन दिएका सतुवा विस्तारै पछिल्ला वर्षमा छिटो फुल्ने, गाना परिपक्क नहुँदै विरुवा मर्ने देखियो भने उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका, ५ किन्दुमा सतुवाको विरुवा देख्दा राम्रो तर गाना कुहिने समस्या देखियो । सतुवाको ल्यावमा परिक्षण गर्दा कुनै रोग देखिएन । तापवृद्धीको प्रभाव परेको हुन सक्छ ।’
प्राज्ञ सोलुसनका जलवायु परिवर्तन अनुकुलन र हिमाली क्षेत्रको दिगो विकास विज्ञ जोशीले हिमालय क्षेत्रमा फेरिएको जलवायु परिवर्तन, वर्षा, हिमपातको ट्रेण्ड तथा बढ्दो तापवृद्धीले जटामसी, कुटुकीी, सेतकचिनी, वन लसुन, पाँच औले, यार्चागुम्बा, सतुवा, गुच्चीच्याउ, रातोच्याउ समेत ४० बढी प्रकारका हरियो औषधीको रुपमा रहेका जडिवुटीहरुले आफ्नो प्राकृतिक वासस्थानमा प्रजनन क्षमता (उम्रने, फुल्ने, फल्ने र फैलने)क्षमता गुमाउन थालेका वा वासस्थान माथिल्लो क्षेत्रमा सार्न थालेको दावी गर्छन ।
जोशि भन्छन, ‘मैले दार्चुला र जुम्लामा गरेको अध्ययनले २० वर्ष अघिसम्म ३ हजार उचाईमा पाईने कुटुकी र जटामसी अहिले ३ हजार ४ सय मिटरमाथी मात्र पाईन थालेको पुष्टी भएको छ । त्यति मात्र होईन खुल्ला चरिचरन गराईने फिरन्ते भेडागोठको संख्या घट्दा भेडागोठ राखेका हिमाली चरन खर्कमा बढी मौलाउने कटुकी जडिवुटी आफै हराउन थालेको पाएको छु ।’
जोशीका अनुसार जलवायु परिवर्तनको कारणले र अब्यवस्थित दोहनले जडिबुटीको प्राकृतिक वासस्थान नासिएको छ, उत्पादन घटेको छ । संकटापन्न यस्ता जडिबुटीको संरक्षण गर्न जंगलबाट वारीमा स्थानन्त्रण आवश्यक छ ।
जडीवुटीको प्राकृतिक उत्पादन घटेसँगै त्यसको बजार मुल्य र महत्वका आधारमा स्थानीय बहुमुल्य जडिबुटीको खेती गर्न अगाडी सरेका छन । नर्सरीमा विरुवा उत्पादन गरी कृषकले खेतवारीमा रोप्न थालेका पनि छन । तर त्यसको आनुवंशिक गुणस्तर मापन र प्रोफाईल हुन सकेको छैन ।
डिभिजन वन कार्यालयको वन कार्यायोजनामा २ सय ८ प्रकारका जडीबुटी संकलन गर्न सकिने उल्लेख भएपनि जडीबुटी संकलन पूर्जीको रेकर्ड अनुसार जिल्लाको वनबाट बर्षेनी संकलन घट्दै गएको देखिन्छ । संयुक्त राष्ट्र्र संघ अर्न्तगतको इन्टरगोर्भमेन्टल प्यानल अन क्याइमेटजेन्ज (आइपीसिसि)ले फ्रेवुरी २०२२ मा सार्वजनिक गरेको छैठौं प्रतिवेदनले, ‘जलवायु परिवर्तन ः मानव कल्याण र पृथ्वीको स्वास्थ्यकालागी एक खतरा, अहिले नै कदम चाल्नाले हाम्रो झविश्य सुरक्षित गर्न सकिन्छ (ऋष्बितभ अजबलनभ स् ब तजचझबत तय जगबल धभििदभष्लन बलम जभबतिज या तजभ उबिलभत।त्बपष्लन बअतष्यल लयध अबल कभअगचभ यगच ागतगचभ०मा जलवायु परिवर्तनले तापक्रम बृद्धी, अनियमित बर्षा र हिमपातले हिमालमा हिउापग्लने कुरा मात्र हैन, मानिसको खाद्यान्न, खानेपानी र सुरक्षित बासलाई संकटमा पारेको छ । पारिस्थितिक प्रणालीका जनावर र वनस्पितिहरु चपेटामा परेको उल्लेख गरेको छ ।
सोही प्रतिवेदनमा अल्पाईन क्षेत्रका सानो आकारका गुराासका प्रजातिहरु, हिमाली धुपीसमेतका वनस्पतिहरु, यार्सागुम्मबा, पााचऔले, जटामसी, कुटकी, विष, सतुवा, पदमचाल समेतका जडिवुटीहरु र हिमाली चरन क्षेत्रमा फुल्ने फुलहरु संकटमा परेका छन ।
पाटन क्याम्पस वनस्पति विभागका सहप्रध्यापक तथा वृक्षवलय विज्ञ (डेन्ड्र्रोक्लोनोलोजिष्ट) डाक्टर नारायणप्रसाद गैरेका अनुसार विश्वतापवृद्धीको कारण नेपालको उच्चपहाडी क्षेत्रका वनस्पतीहरुमा ओसिलो र सुख्खा भुगोलमा फरक–फरक प्रभाव पारेको अध्ययनले देखाएका छन । विश्वतापवृद्धीको कारण बढीपानी पर्ने ओसिलो क्षेत्रको वनस्पतिहरुको घनत्व एवं वृद्धीविकास झन बढेको छ । तर सुख्खाग्रस्त र वर्षा तथा हिउा कम बर्षा भएको क्षेत्रका वनस्पतिहरु ग्रोथ घट्दो छ । सलिसपत्र, चिमालजातका गुराास, भोजपत्र आदी वनस्पतिहरुले वासस्थान छोड्नेक्रम बढेको छ । पानी र हिउँपर्ने क्रम कमहुँदा सयौं, हजारौं वर्षपुराना रुखबोट सुक्न वा मर्नेक्रम बढेको छ ।
डेन्ड्र्रोक्लोनोलोजिष्ट गैरे भन्छन, ‘वनस्पति र जडिबुटी अन्तरघुलन भै बसेका हुन्छन । वनस्पतिहरु वासस्थान छोडेपछि जडिबुटीहरु पनि माथी सर्न सक्छन । अर्को वनस्पति माथिल्लो क्षेत्र सर्दा त्यहाा भएका जडिबुटीको बासस्थान खुम्चिदै नासिने खतरा रहन्छ । लेकाली क्षेत्रका रुखहरुको भिक्रीचत्रहरुको अध्ययन गर्दा केही क्षेत्रका वनजंगलका पछिल्ला वर्षहरुमा चिस्यानकम हुँदै गएको भेटिएको छ ।
ग्लोवल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जिआइआईएस)का संस्थापक तथा वनस्पतिविद् उत्तमबाबु श्रेष्ठका अनुसार हिमपात न्यून हुनु र तापवृद्धीको कारण यार्सागुम्बा लगाएत हिमाली वनस्पतिहरुको फुल फुल्ने, फललाग्ने समय अघि सर्दै जाादा प्रजनन प्रकृयामा समस्या देखिएको छ । वासस्थान खुम्चिादैजाादा नयाावासस्थानमा अनुकुलन हुन नसक्ने वनस्पतिहरुको नास हुनसक्छन ।
‘लामो समयको अन्तरालमा चाल नपाईनेगरी हुने जलवायु परिवर्तन स्वभाविक प्रकृया हो । तर मानवीय गतिविधीको कारण पछिल्ला दशकहरुमा छिटोछिटो वातावरण परिवर्तन हुन थालेपछि वनस्पति, जडिवुटी समेत पर्यावरणमै जटिलता देखिन थालेका छन । हिमाली क्षेत्रमा गरिएको अध्ययनले हिउादमा हिउापर्दा यार्सागुम्बा बढी फैलिएको र हिउाकम पर्ने समयमा यार्सागुम्बापनि ढिलो उम्रने र कम उम्रेको भेटिएको वनस्पतिविद् श्रेष्ठले बताए ।
पछिल्लो सात वर्षदेखी धौलागिरी फेदीको कालीवराह वुक्यान पुगेर यार्सागुम्मा संकलन गर्दै आएका रघुगंगा गाउँपालिका, ७ चिमखोलाका कृष्ण पाईजा भन्छन, ‘म सात बर्षदेखी लगातार कालीवराह क्षेत्रमा यार्सा संकलन गर्न आएको छु । सुरु वर्षमा दैनिक २ सय वटासम्म यार्सा भेटिन्थ्यो, अहिले दैनिक १५–२० वटा मात्र भेटिन्छ । अझ अघि धेरै भेटिन्थ्यो रे । अहिले यार्सा नासियो, उत्पादन नै छैन । हिउँ पर्न छोडेपछि यार्चागुम्बा पनि हराए । हामीले टिपेर विउ नासियो कि कुन्नी ?’ ।
वन विभागको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र (एफआरटिसी)ले प्रकाशित गरेको नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका वनको अवस्था बारे विस्तृत अध्ययन प्रतिवेदन, ‘हाइ माउन्टेन एण्ड हाई हिमालय फरेष्ट अफ नेपाल, २०२२)मा नेपालको हिमाली क्षेत्रमा विश्वको औषत तापक्रम बृद्धीभन्दाबढी औसत ०.०४५–०.०६ डिग्री प्रतिवर्षका दरले तापक्रम बढी रहेको छ । यसको कारणले होचो भागका वनस्पति तथा जडिवुटीहरु माथिल्लो क्षेत्र तर्फ सर्दै गएको छ ।
त्यस्तै सोही प्रतिवेदनमा हिमालय जडिबुटी ४ मिटर र गुराास ०.८८ मिटर प्रतिवर्ष आवास माथी सार्दै गएको भेटिएको उल्लेख छ । प्रतिवेदनमा हिमाली क्षेत्रमा पाईने यार्सागुम्बा, कटुकी जस्ता जडिबुटीको उत्पादन घट्नुको साथै औषधीय गुणमा परिवर्तन देखिन थालेको छ । मिचाह प्रजातिका नयााझार देखिन थालेकोले अल्पाईन वनस्पतिहरुको अस्तित्व संकटमा परेको उल्लेख गरिएको छ ।
१२ वर्ष अघिसम्म वार्षिक १० केजी बढी संकलन भएको यार्सागुम्बा ०७७/७८ मा घटेर ३ दशमलव ५ केजी संकलन भएको थियो । गत वर्ष ०८१/८२ मा यार्सा जम्मा आधा केजीमा झरेको छ । त्यस्तै, ५ वर्षअघिसम्म वार्षिक २५ केजीसम्म संकलन हुने गरेको सतुवाको गाना चालु आर्थिक वर्षमा आउँदा शून्य परिणाममा झरेको छ । सुगन्धवाल १ हजार १ सय केजीबाट घटेर यो वर्ष ४५ केजी मात्र संकलन भएको छ ।
अभिलेख अनुसार यसले राजश्व संकलनमा पनि भारी गिरावट आएको छ । डिभिजन वन कार्यालय म्याग्दीले जडीबुटी संकलन इजाजत पत्र जारी गर्दा ०७७/७८ मा ३ लाख ७७ हजार ४ सय १० रुपैयाँ राजश्व संकलन गरेकोमा गत वर्ष १ लाख ९१ हजार ८ सय रुपैयाँमा सीमित भएको छ । अध्ययन अनुसार जलवायु परिवर्तन, हिमपात र वर्षाको ढाँचामा परिवर्तन, अवैज्ञानिक संकलन विधि र फेरिएको चरनशैलीका कारण जडीबुटी उत्पादन अघिल्लो दशकको तुलनामा २०–४० प्रतिशतसम्म कमी आएको हो ।
नेपाल वन अनुसन्धान तथा तालिम केन्द्र (एफआरटिसी) ले प्रकाशित गरेको ‘नेपालको वन स्रोत मूल्यांकन ०७९’ मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वनमा पछिल्लो ५ वर्षमा चिराइतो, जटामसी, पखनवेदलगायका जडीबुटीको उत्पादन ३०–३५ प्रतिशतले घटेको उल्लोख छ ।
त्यस्तै, औषधी विज्ञानको एशियाली जर्नल एशियन जे.फार्मकोग्नोसीमा प्रकाशित श्वस्तीका आचार्य, सविना सिग्देल, गंगा कंडेल र प्रविन अधिकारीले अन्नपूर्ण संरक्षण क्षेत्रका २ हजार ८ सय देखी ४ हजार २ सय मिटरसम्मको उचाईमा जलवायु परिवर्तनले जडिवुटीमा पार्ने प्रभाव सम्बन्धी गरेको शोधपत्र ‘क्लाइमेटचेन्ज ः थ्रेटस् अन दी मेडिकलन प्लान्टस् इन नेपाल’ मा उल्लेख गरे अनुसार ताफक्रम र बर्षाको अनिश्चितताले जडिवुटीको बृद्धी र जैविक सत्रियता (बायोएक्टीभिटी)मा परिवर्तन देखिएको छ ।
म्याग्दीका डिभिजन वन कार्यालयका वन अधिकृत तथा जडिवुटीका विषय विज्ञ चन्द्रमणी सापकोटाका अनुसार जलवायु परिवर्तन, हिमपात र वर्षाको ढाँचामा परिवर्तन, अवैज्ञानिक संकलन विधि र फेरिएको चरनशैलीका कारण जडीबुटी उत्पादन अघिल्लो दशकको तुलनामा २०–४० प्रतिशतसम्म कमी आएको हो ।
वन अधिकृत तथा जडीबुटी अध्यता सापकोटा भन्छन, ‘बहुउपयोगी धेरै रैथाने जडीबुटी समेतका वनस्पति नासिदै छन् । सामुदायीक वनबाटै धेरै जडीबुटीको उत्पादन केही वर्षमै हृवात्तै घटेको पाइन्छ । अब केही बर्षमा जडिवुटीको सन्दर्भमा पहाडका सामुदायिक वन स्वतः हराएर जाने अवस्था छ ।’
वनजंगल संरक्षणका नाममा चरिचरन पूर्ण रुपमा बन्द गरिँदा सामुदायिक तथा राष्ट्रिय वनको जैविक सन्तुलन गुम्दा अनावश्यक विरुवा (इन्भेन्सिभ प्लान्ट) फैलिएको र जडीबुटी समेत उपयोगी वनस्पतिको तीब्र ह्रास भइरहेको पाइएको छ ।
खुल्ला चरिचरन अनावश्यक विरुवा उम्रन रोक्ने र चाहिने जडीबुटी जस्ता विरुवा उम्रन सहयोग गर्ने एक किसिमको जैविक ब्यवस्थापन हो । तर तीब्र फैलने प्रजातिका यस्ता अनावश्यक झार नियन्त्रण राख्ने खुल्ला चरन पद्दति बन्द हुनु वा वनजंगलमा चर्ने घरपालुवा पशुचौपायाको संख्यामा उल्लेख्य कमी आएपछि मिचाह जातका झार फैलिने अवसर पाएको ‘पश्चिम हिमाली जडीबुटी विविधता तथा पारिस्थितीक प्रणालीको सहजशीलता प्रतिवेदन २०२२’ जनाएको छ ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























