- Loading...
भकारोको गन्धमा ‘नोट’ को सुगन्ध, गाेवरबाट ‘बाेनस’ कमाइ

- घनश्याम खड्का
- २ दिन अघि
- २३ पटक पढिएको
पशुपालन भन्ने वित्तिकै दुध र दहीको कारोवार भन्ने मात्र बुझिन्छ । दुध र दुधजन्य परिकार बेचेर लाखौं आम्दानी गरेका सफल कथा बारम्बार पढिएका छन । कुनै समय थियो, गोवरलाई केवल खेतवारीको मल वा गुईठाकालागी मात्र प्रयोग गरिन्थ्यो । तर म्याग्दीका अगुवा कृषकका गाईभैसीका गोठका भकारोमा गोवर र गहुँतको गन्धमा नोट (पैसा)को सुगन्ध फैलिरहेको छ ।
सहरमा हुर्किएका वा मोवाईलको स्क्रिनमा भविष्य खोजिरहेका नयाँ पुस्ताकालागि गाईभैंसीको गोठ गन्हाउने ठाउँहुन सक्छ । भकारो सोहर्नु, गोवरमा हात हाल्नु वा गहुँतको छिटा पर्नुलाई धेरैले फोहोर मान्छन । चिन्न सक्नेले भने फोहोर र दुर्गन्धित भनिएको त्यही गोवरगहुँत कालो सुन सावित गरिदिएका छन ।
बेनी नगरपालिका, ७ टुनीखर्कका कृष्णप्रसाद आचार्य यसका उदाहरण हुन । उनको ‘शर्मा कृषि तथा पशुपक्षी फार्म’ मा २० वटा भैसी छन । दुध बेचेर हुने आम्दानी त छँदैछ, माघदेखी चैतेसम्मका तीन महिनामा गोबर बेचेरै ३ लाख नगद हात पारे ।
आचार्यले पाकेको (कम्पोष्ट भएको) गोठे मल ५० केजीको बोरामा प्रति बोरा एक सय रुपैयाँमा र आलो मल (कम्पोष्ट भैनसकेको मल) ५० रुपैयाँ बोरा विक्रि गर्दै आएका छन । आचार्यका अनुसार जिल्लामा सुन्तला खेती विस्तार भएसँगै गोठे मलको माग पनी बढेको छ हो ।
आचाय भन्छन, ‘दुध उत्पादन मुख्य पेशा हो तर गाईभैसीको मलमुत्रबाट हुने आम्दानी हाम्रालागी ब्यवसायीक आँखाबाट लुकेको अतिरिक्त कमाइ हो । गोवर बेचेर आएको पैसाले घाँसपात र दाना किन्न सकिएको छ, आफ्नो खेतबारीमा प्रयाप्त प्राङ्गारिक मल पुगेको छ ।’ आचार्यले यस वर्ष पर्वतको जलजला गाउँपालिका, १ बाँसखर्कका सन्तला बगानमा मल बेचेर ५ लाखबढी नगद कमाए ।
आचार्यले मात्र हैन, बेनी नपा, ६ बाँसवोटका दुर्गा पौडेलले पनि यस वर्ष भैसीको मल बेचेर ३ लाख २० हजार कमाए । उनको गोठबाट उत्पादित मल म्याग्दीमा मात्र सीमित छैन, हिमालपारीको मुस्ताङ्गका कृषकहरुले स्याउ बारीमा राख्न लैजाने गरेका छन । उनको गोठबाट पनि वरपरका कृषकले मात्र होईन ट्याक्टर र ट्रिपर पुग्ने ठाउँका ब्यवसायीक फलफुल तथा तरकारी खेती गर्ने कृषकले किनेर लैजाने गरेका छन ।
बेनी नपा, ५ चुत्रेनीका अर्का कृषक रमेश केसी पनि म्याग्दी, पर्वत र मुस्ताङसम्म गोवर र गहुँत बेचेर राम्रो आम्दानी गर्ने गरेका छन । केसीले आफ्नै ट्याक्टरमा मल र ड्रममा गहुँत भरेर ब्यवसायीक सुन्तला फार्म र स्याउ फार्महरुमा पुर्याउने गरेका छन ।
दुध र दुधजन्य सेतो पदार्थको उत्पादन गर्न सुरु गरेको गाईभैसी फर्मबाट उत्सर्जन भएको गोवर/गहुँत कृषककालागी कालो सुन सावित भएको छ । कृषक दुर्गा पौडेल भन्छन, ‘गाइभैसी पाल्न सुरु गर्दा गोवर बेच्ने कल्पना नै थिएन । विस्तारै गाउँघरमा पशुचौपाया पाल्नेको संख्या घट्दो र ब्यवसायीक फलफुल खेती गर्ने बढेकोले खेर गएको गोवरगहुँतले भाउ पाएको हो । अहिले गोवर ढिक्का सुन, गहुँत झोल सुन बन्यो भनौं न ।’
गाईवस्तुको गोवर र गहुँत सोहर्नुलाई हेय दृष्टिले हेर्ने नयाँ पुस्ताकालागी म्याग्दीका यी गाईभैसीपालक कृषकको ‘बोनस कमाई’ युवाकालागी स्वरोजगार बन्न प्रेरणा बन्न थालेको छ । म्याग्दीका सुन्तला र मुस्ताङका रसिला तथा स्वादिला स्याउमा गन्हाउने गोवर मिसिएको छ । गोठमा गाईभैसीको गोवरगहुँत गन्हाएपनि मल बेचेर आएको पैसाले कृषकको खल्ती र मलले हराभरा स्याउ, सुन्तलाका बगानमा छुट्टै सुगन्ध फैलिएको छ ।
पशुपालक कृषकहरुले गाईभैसीको गोवर बेचे पनि प्रायः गहुँत भने आफ्नै खेतवारीमा प्रयोग गर्ने गरेका छन । केही घरमा पशुपालन नगरेका कृषकले मकै, धान खेती गर्न खेतवारीको घाँससँग गाईभैसी गोवर (प्राङ्गारिक मल) साट्ने गरेका छन । घरमा एउटा मात्र भैसी भएको तर खेतीवाली धेरै लगाउने कृषकले गोठेमल किनेरै पनि लैजान्छन ।
घर–घरमा पशु चौपाया पाल्ने चलन घट्दै गएसँगै दैलो छेउको वारीमा खेतिवाली लगाउन गाईभैसी, बाख्रा र कुखुराको मल किन्ने बढेका छन । जिल्लामा फस्टाउँदो ब्यवसायीक सुन्तला खेती र अर्गानिक तरकारी खेती गर्ने कृषकहरुले टाढा टाढासम्म प्राङ्गारिक मल किनेर खेतवारीमा हाल्ने गरेका छन ।
कृषकहरुका अनुसार बाख्राको मल (झुतो) ५० केजीको बोरामा प्रति बोराको दुई सय ५० रुपैयाँमा र कुखुराको सुली प्रति बोरा एक सय रुपैयाँमा विक्रि हुने गरेको छ । घरमा ८–१० वटा बाख्रा, २–३ वटा भैसी र एक हल गोरु पाल्नेहरुले पनि बर्षमा ४०–५० हजारको मल बेच्ने गरेका छन ।
‘मेरो बाख्रा फार्म हो । मेरो फार्मबाट आफ्नै बारीमा पुग्दो प्रयोग गरी बेचेको बार्षिक दुई लाख रुपैयाँबढीको बाख्राको मल (झुतो) बेच्ने गरेको छु’ बेनी नपा, ४ डाँडाखेतका महेन्द्र बानियाँले भने, ‘असोज/कात्तिकमा आलु रोप्ने बेला, मंसिरमा गहुँ छर्ने समय र फागुन/चैत मकै रोप्ने सिजनमा मलको माग आउँछ ।’
माटोको उर्वराशक्ति बढाउन प्रयोग गरिने पदार्थलाई मल भनिन्छ । गोवर मल सवै जीवनहरुको पाचन प्रकृया समाप्त भएपछि मलद्धारबाट बाहिर निस्कने पदार्थ हो । जैविक मल जनावरहरुले उत्सर्जन गरेको मलमुत्र साथै रुखविरुवाको पातपतिङ्गर तथा हरियो विरुवा कुहिएर बन्छ । कृषिवाली उत्पादनकालागी अर्गानिक मललाई अत्यन्तै महत्वपूर्ण मानिन्छ । गोवरमल मध्य सवै भन्दा राम्रो गाईको मल मानिन्छ । बाख्रा, कुखुराको मलको प्रयोग गर्दा कृषकले अनुपात मिलाउन सक्नु पर्छ ।
बेनी नगरपालिकाका पशुचिकित्सक डा.आशिष सापकोटाका अनुसार नगरपालिकाले उत्पादनमा आधारित अनुदान भनी दुध र माशुजन्य उत्पादनमा मात्र कृषकलाई आर्थिक सहयोग गर्दै आएको छ । तर गोवरगहुँत कृषीकालागी उपयोगी भएपनि त्यसको मल ब्यवस्थापन र ब्यवसायीक बनाउने योजना बनेको छैन ।
कृषी विकास कार्यालय म्याग्दीका प्रमुख संजिव वास्तोलाका अनुसार अहिले कृषकले अब्यवस्थित काँचो मल बेच्ने र खेतवारीमा प्रयोग गरिरहेका छन । त्यसलाई भर्मिकम्पोष्ट (गड्यौलामल) बनाएर बेच्न सके मुल्य धेरै पाईने र बोकेर खेतवारीमा लैजान पनि सजिलो हुन्छ । गहुँत मलमा मात्र हैन, असुरो, तीतेपाती समेत हालेर जैविक विषादीको रुपमा पनि उपयोग गर्न सकिन्छ ।
बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमका अनुसार परम्परागत भकारोलाई सुधार गरी र मलमुत्रको ब्यवसायीक उत्पादन र उपयोगी बनाउन कृषकलाई भौगोलिक अवस्थितीले निक्कै समस्या बनाएको छ । भीरालो र कान्ला परेको जमिनमा मल र मुत्रका छुट्टाछुट्टै भण्डारण गर्न, कम्पोष्टिङ्ग प्याल्न्ट बनाउन जग्गाकै समस्या हुने गरेको छ ।
गौतम भन्छन, ‘परम्परागत खाडलमा गोवर थुपारेर बनाइने हिलो मल भन्दा उन्नत विधि अपनाउन सके माटोको उर्वराशक्ति बढ्नुको साथै कृषकको आम्दानी बढ्छ । त्यसकालागी भर्मिकम्पोस्टिङ मल र जापानी प्रविधीमा आधारित बोकासी मल बनाउन सके मल छिटो कुहिने र गन्ध कम हुन्छ ।’
गाईभैसीको गोवर र गहुँतलाई प्रविधीको प्रयोगबाट प्रशोधन गरी ब्राण्डीङ गर्न सके दुधको भन्दा मलमुत्रको मुल्य बढी पर्न सक्थ्यो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























