- Loading...
सन् २०२६ को मनसुन : ‘अनिश्चित वर्षा’को डर

- पुनहिल डट कम
- २ दिन अघि
- ५७ पटक पढिएको
हिमालको मौसम कहिल्यै सीधा रेखामा हिँडदैन, तर पछिल्ला केही वर्षयता यसले आफ्नै लय बिर्सिएको आभास हुन्छ।
अहिले भोगेको बेमौसमी झरी र असिना-पानी केवल एउटा संयोग मात्र होइन। यो त आउँदै गरेको सन् २०२६ को मनसुनले देखाउन लागेको एउटा भयानक र अस्थिर ‘ट्रेलर’ मात्र हुन सक्छ।
विश्वव्यापी मौसम प्रणालीको ‘मौन खेलाडी’ मानिने प्रशान्त महासागरमा एल-निनो यतिबेला सक्रिय हुँदैछ। भारतके निजी क्षेत्रकाे स्थापित मैषम पूर्वानुमान गर्ने संस्था स्काइमेटले सार्वजनिक गरेको २०२६ को मनसुन पूर्वानुमानले भारतमा ‘सामान्यभन्दा कम’ वर्षा हुने संकेत गरेसँगै यसको प्रभाव नेपालसम्म कति पर्छ भन्ने चासो बढेको छ । तथ्याङ्कले भन्छ— एल-निनो सक्रिय भएको ७० प्रतिशत वर्षहरूमा औसतभन्दा कम वर्षा हुन्छ ।
मैषमविद्हरूका अनुसार यस वर्ष नेपालमा मनसुन ढिलो भित्रिने, बादलहरू छरिएर आउने छ । विज्ञहरूका अनुसार ‘कम पानी’ भन्दा पनि खतरनाक संकेत अर्थात ‘असमान वितरण’ वर्षाकाे संभावना रहन्छ । अर्थात् कुनै एक गाउँमा बाढी आउँदा छिमेकी अर्को गाउँमा खडेरीले जमिन फुट्ने अवस्था सिर्जना हुन सक्छ । यस्ते अवस्थालाइ जलवायु विज्ञहरू ‘एक्सट्रिम इभेन्ट्स’ भन्छन्।
म्याग्दी जस्तो हिमाली जिल्ला, जहाँ धौलागिरी र अन्नपूर्णको प्रभावले स्थानीय वर्षा हुने भएपनि मनसुनको सुरुवाती चरण (जुन-जुलाई) मा रोपाइँका लागि पर्याप्त पानी पर्न सक्छ। तर, बाली बढ्ने मुख्य समय (अगस्ट-सेप्टेम्बर) मा खडेरीको जोखिम उच्च छ ।
स्काइमेटले भारतको केन्द्रीय–पश्चिम भागमा वर्षा कम हुने भनेको छ। यही ट्रेन्ड नेपालमा हेर्दा गण्डकी प्रदेश र लुम्बिनी क्षेत्रमा वर्षा कमी वा अस्थिरता बढी देखिन सक्छ।
सन् २०२६ को मनसुन केवल एउटा मौसमी चक्र मात्र होइन, यो एउटा चेतावनी हो। जलवायु परिवर्तनले मौसमलाई ‘अनिश्चित’ बनाइदिएको छ। अब हामीले ‘धेरै पानी पर्ला कि थोरै?’ भनेर सोच्नुभन्दा पनि ‘अनिश्चित वर्षालाई कसरी सामना गर्ने?’ भनेर सोच्न ढिला भइसकेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























