- Loading...
बेनी नजिकै जलेश्वरमा बस र ट्रक ठोक्किँदा १५ भारतीय पर्यटक घाइते

- पुनहिल डट कम
- २ दिन अघि
- ७७ पटक पढिएको
म्याग्दीको बेनी नगरपालिका–९, जलेश्वरमा बुधबार साँझ बस र ट्रक एक–आपसमा ठोक्किँदा १५ जना भारतीय पर्यटक घाइते भएका छन् ।
मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४५७ नम्बरको यात्रुबाहक बस र भैरहवाबाट म्याग्दीको अन्नपुर्ण गाउँपालिका, ३ रुप्सेतर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ००१२ नम्बरको मालबाहक ट्रक साँझ करिब ६:३० बजे आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार दुर्घटनामापरी घाइते १५ जनालाइ प्रदेश अस्पताल बेनीमा उपचार भैरहेकाे छ । बसमा चालक र सह-चालकसहित कुल २४ जना सवार थिए।
घाइते हुनेहरूमा सबै भारतीय नागरिक रहेका हुन । घाइतेहुनेमा बन्धना शर्मा (४८ वर्षीया, दिल्ली), दिपकराज मित्तल, शंकर लाल केशवानी, कृति शर्मा, गौरव सेनी, राज अडोलिया, सिम्रण साहाय, प्रेमा शर्मा, अल्का गुप्ता, अरबिन्द भट्ट, रामगोपाल शर्मा, रिचा कौशिक, गौरव कौशिक, बिनित गोयल र निरु चौधरी रहेका छन । घाइतेहरू भारतको उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात, हरियाणा, राजस्थान र दिल्लीका बासिन्दा हुन् ।
त्यस्तै वस चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का ३१ वर्षीय विकास जि.सी.के पनि उपचार भैरहेकाे छ । घट्नामा ट्रक चालक पर्वतको जलजला गाउँपालिका–७ का २८ वर्षीय नारायण प्रसाद शर्मालाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकाे छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























