- Loading...
आउँदो मनसुन कस्ते रहला ? खडेरीको जोखिम कि औषत वर्षा ? यस्तो छ, प्रक्षेपण

- घनश्याम खड्का
- १ हप्ता अघि
- १३० पटक पढिएको
हिउँदभरिको लामो सुक्खापछि अहिले चैतको महिनामा भइरहेको नियमित जस्तो वर्षाले म्याग्दीका किसानलाई केही राहत त दिएको छ, तर सँगसँगै एउटा नयाँ चिन्ता पनि थपिदिएको छ— “अहिले यसरी पानी परेपछि आउँदो मनसुनमा के होला?”
विशेषगरी जौ, गहुँ र उवा थन्क्याउने तथा मकै छर्ने चटारोमा रहेका पहाडी भेगका किसानहरूका लागि आगामी मनसुनको अवस्था कस्तो रहला भन्ने चासो बढेको छ। विश्वभरका प्रमुख मौसम प्रणालीहरू र समुद्रको तापक्रममा आएको फेरबदललाई हेर्दा सन् २०२६ को मनसुन ‘मिश्रित’ रहने संकेत देखिएको छ।
विगत दुई वर्षदेखि नेपालमा धेरै वर्षा गराउन मद्दत गरेको ‘ला निना’ (प्रशान्त महासागर चिसो हुने अवस्था) अब अन्त्य भएको छ। भारतीय मौसम एजेन्सी स्काइमेट र अमेरिकी एजेन्सी नेयाका अनुसार अहिले प्रशान्त महासागर ‘तटस्थ’ अवस्थामा छ। तर, जुन महिनादेखि ‘एल निनो’ (समुद्र तातो हुने अवस्था) विकसित हुने सम्भावना ६२ प्रतिशत छ। https://www.skymetweather.com/content/monsoon-update/northeast-india-to-have-increased-pre-monsoon-activity-next-three-days
यसको अर्थ के हो?
सामान्यतया ‘एल निनो’ सक्रिय भएको वर्ष दक्षिण एसिया र नेपालमा मनसुनी वर्षा औसतभन्दा कम हुने वा खडेरी पर्ने जोखिम रहन्छ। नेपालको मनसुन मुख्यतया तीनवटा समुद्री प्रणालीको मिश्रित हुन्छ । नेपालमा भित्रिने ८० प्रतिशत मनसुनी हावा वंगालका खाडीबाट आउँछ। यहाँ विकसित हुने न्यून चापीय प्रणाली जति बलियो हुन्छ, हाम्रोतिर त्यति नै धेरै पानी पर्छ।
त्यस्तै मनसुन सक्रिय भएको बेला अरव सागरबाट समेत आउने जलवाष्पले विशेषगरी पश्चिम नेपाल र गण्डकी प्रदेशमा भारी वर्षा गराउँछ ।
गण्डकी प्रदेश नेपालकै सबैभन्दा बढी वर्षा हुने क्षेत्रमध्ये एक हो। यद्यपि, जलवायु परिवर्तनका कारण वर्षाको प्रकृति फेरिएको छ। यस वर्ष मनसुनको सुरुवाती चरण (जेठको अन्त्य र असार) मा वर्षा राम्रो हुने देखिए पनि साउन र भदौमा वर्षाको मात्रा घट्न सक्ने प्रारम्भिक अनुमान छ।
यस वर्ष गर्मी अलि बढी महसुस हुनेछ पुर्वानुमान छ।
यस वर्षको मनसुन पूर्ण रूपमा खडेरी नै हुने भन्ने होइन, तर ‘औसत’ रहने संकेत बढी छ। अप्रिलको अन्त्यमा हुने दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (SASCOF) को बैठकले नेपालको कुन जिल्लामा कति पानी पर्छ भन्ने विस्तृत विवरण दिनेछ। स्रोतः Skymet Weather, WMO, IMD र जल तथा मौसम विज्ञान विभाग, नेपाल।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























