- Loading...
एमाले म्याग्दीद्वारा केपी ओलीको गिरफ्तारीप्रति घोर भर्त्सना, आन्दोलनको घोषणा

- पुनहिल डट कम
- २ हप्ता अघि
- ६१ पटक पढिएको
|Screenshot
नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ। नवनिठित बालेन्द्र शाह नेतृत्वको सरकारले आज बिहान सूर्योदय अगावै उनीहरूलाई पक्राउ गरेको भन्दै एमालेले यसलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही” कदमको संज्ञा दिएको छ।
जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि यो गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत छ। एमालेले पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गर्दै २०८२ भदौ २३ र २४ को घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई समेत अस्वीकार गरेको छ।
एमालेले उक्त घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्न जोडदार माग गरेको छ।
सरकारको यस कदमको विरोधमा चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला कमिटीको तर्फबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। पार्टीले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूलाई संयमित र शान्तिपूर्ण ढंगले प्रतिवादमा उत्रन र सरकारको ‘दमनकारी’ व्यवहार विरुद्ध आन्दोलनका लागि तयार रहन आह्वान गरेको छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले पहिले निर्णयबाट देशलाई गम्भीर राजनीतिक ध्रुवीकरण र अस्थिरतातर्फ धकेल्ने जोखिम बढाएको छ। एमाले जस्तो संसद्को ठूलो शक्ति सडक आन्दोलनमा जाँदा सरकार सञ्चालनमा संवैधानिक र राजनीतिक संकट आउन सक्ने देखिन्छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























