- Loading...
बेनीको त्यो छियाछिया पोल ः जहाँ बुलेटका घाउ र ब्यालेटको विद्रोह गुञ्जिन्छ

- घनश्याम खड्का
- ३ हप्ता अघि
- २०३ पटक पढिएको
बेनी नगरपालिकाको आगनमा एउटा विजुलीको स्टिल खम्बा ठिङ्ग उभिएको छ । कुनै समय उज्यालो बााड्ने यो विजुलीको पोल आज युद्घको त्यो कालरात्रीको जीवित साक्षी बनेर उभिएको छ, जहाा सयौं गोलीका चोटहरुले यसलाई छियाछिया बनाएका छन ।
स्थानीय यसलाई ‘शान्ति स्तम्भ’ भन्छन तर क्षतविक्षत यो खम्बा शान्तिको होईन बरु बीभत्स युद्धको साक्षी हो । हिजो विद्रोहमा होमिएका आज ब्यालेट मार्फत मौन विद्रोह गरिरहेका पुस्ताको सवैभन्दा बलियो र मर्मस्पर्शी बिम्ब हो ।
https://youtu.be/rm5U4WqTQoI?si=H3BU3aEcrV1baiBb
विस २०६० चैत ७ गते शनिवारको त्यो राती म्याग्दी सदरमुकाम बेनीबासीकालागी कुनै सामान्य रात थिएन । बेनीका दुई कोखिलाबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीमा रगत बगरेको, हावामा बारुदको गन्ध फैलिएको र मानवीय चित्कार फैलिएको त्यो रात तत्कालिन विद्रोही माओवादीले चारैतिरबाट बम र गोलीको बर्षा सुरु गरे, जीवन्त सहर बेनी क्षणभरमै रणमैदानमा परिणत बनेको थियो ।
‘हामीले त्यो क्षतविक्षत खम्बालाई ‘शान्ति स्तम्भ’का रुपमा संरक्षण गरेका हौं’ बेनी नगरपालिकाका प्रमुख सुरत केसी भन्छन, ‘यो केवल फलामको पोल मात्र हैन, सयौं भिडन्त र विध्वंसको बिम्ब हो । जसले हामीलाई नदोहोरिने सुनिश्चितताकालागि साधै सचेत गराउने विश्वास गरेका छौं ।’
आज २२ बर्षपछि बेनीको स्वरुप फेरिएको छ, तर युद्धका डोबहरु अझै मेटिएका छैनन । बेनी नगरपालिकाको आगनमा संरक्षणगरी राखिएको त्यो विजुलीको खम्बा विगतको त्यही त्रासदी सम्झाउने कडोर प्रमाण हो ।
त्यो युद्धका बेला नजन्मेको ‘जेन्जी’ पुस्ता आज यौवनावस्थामा छ । उनीहरुकालागी त्यो ‘जनयुद्ध’ एउटा रोमाञ्चक कथा वा इतिहाासको धमिलो पाना मात्र बन्न थालेको छ । हिजो निमुखा युवालाई बन्दुक बोकाउने नेताहरुले सत्ता र शक्तिको स्वाद चाखेपनि युद्धमा रगत बगाएका घाइते, शहिद परिवार र योद्धा तथा तिनै योद्धाका सन्तान आज बदलिएको राजनैतिक परिवेशमा वैकल्पिक शक्तिको खोजीमा भौतारिएका छन ।
गत भदौ २३ र २४ गतेको ‘जेन्जी विद्रोह’ र हालैसम्पन्न आम निर्वाचन परिणामले एउटा कठोर सत्य ओकलेको छ, हिजोको त्यो ‘विद्रोहको राप’ आज ‘विघटनको ताप’ मा बदलिएको छ । कुनै समय युवा पुस्ताको प्रमुख आकर्षण रहेको त्यो विद्रोह र विद्रोही आज इतिहाासकै कमजोर र रक्षत्मक मोडमा उभिएको छ, ब्यालेटका गोलीबाट छियाछिया बनेर ।
बेनीमा भएको त्यो शसस्त्र विद्रोह र हालै देशका विभिन्न शहरमा भएको जेन्जी विद्रोहबीच फराकिलो भिन्नता छ । २२ बर्ष अघिको विचारप्रधान शसस्त्र विद्रोह थियो, जहाा राज्य पक्ष र विद्रोही आमनेसामने थिए । तर भदौ २३ र २४ गतेका विध्वस परिक्षित हुन बााकी छ ।
त्यो चैत ७ गते कुनै आकस्मिक आक्रमण थिएन । यसको गर्भमा माओवादीको एउटा विशाल सैन्य रणनीति लुकेको थियो । रोल्पाको थवाङमा भेला भएका माओवादीका चार वटा ब्रिगेड– मंगलसेन, सतवरिया, लिस्ने–गाम र बासुस्मृति अर्न्तगतका ६ वटा बटालियनका करिव ५ हजार लडाकुहरु रुकुमको लुकमु, ढोरपाटनको उच्च जंगल छिचोल्दै लामो र कठिन पैदल यात्राफछि म्याग्दीको ताकमहुादै बेनी ओर्लिएका थिए ।
बेनी आक्रमण माओवादीले संञ्चालन गरेको १० बर्षे सशस्त्र द्वन्द्वका त्रममा भएका नौ ठूला आक्रमणमध्य सैन्य बल र ब्यापकताको दृष्टिले सवै भन्दा भिषण मानिन्छ । लगातार १२ घन्टासम्म चलेको त्यो भीषण् लडाई माओवादीको सैन्य इतिहासकै सबैभन्दा ठूलो र निर्णायक थियो । माओवादी विद्रोहीले बेनीमा आक्रमणगरी शक्ति प्रदर्शन तर गरे तर त्यसको मुल्य बेनीका सर्वसाधारणले साधै चुकाउनु परेको छ ।
‘त्यो रातको आवा अझै पनि मेरो कानमा गुञ्जिरहन्छ’ नगरपालिका आगनको त्यही छियाछिया परेको पोल कोट्याउादै बेनी नगरपालिका, ६ की शान्तादेवी केसी भन्छिन, ‘हामीलाई लागेको थियो, अब यो सहरमा केही जीवित रहेका छैनन ।’
बेनी भिडन्तमा १९ जना सर्वसाधारण, १७ जना प्रहरी, १४ जना सैनिक र करिव ९० जना विद्रोहीको मृत्यु भयो । माओवादीले तत्कालिन प्रमुख जिल्ला अधिकारी र डिएसपीसहित ४० जनालाई युद्धबन्दी बनाएर लगेका थिए ।
बेनीको त्यही रगत र बारुदको जगमा टेकेर माओवादीले ०६२/०६३ को आन्दोलन मार्फत सत्ताको भर्याङ चढ्यो । जनयुद्धको त्यो रापिलो समयमा जुन दल युवाहरुको ‘धड्कन’ थियो, आज २२ बर्षपछि परिस्थिती पुरै फेरिएको छ ।
बेनीको त्यो छियाछिया विजुलीको पोलले एउटा सन्देश दिइरहेको छ, युद्धमा कसैले जित्दैन, केवल समाजले कहिल्यै नमेटिने ‘खत’ बोक्छ मात्र । सत्ताको वरिपरी रुमल्लिएको राजनीतिले ती खतहरुलाइ विर्सिए पनि, बेनीको आगनमा उभिएको त्यो पोलले नयाा पुस्तालाइ साधै खवरदारी गरिरहेछ, युद्ध कहिल्यै पनि आदर्श हुन सक्दैन ।
जवसम्म संक्रमणकालीन न्यायले पूर्णता पाउँदैन र पीडितका घाउमा सत्यको मलम लगाइदैन, तबसम्म बेनीको यो विजुलीको पोलले नेपालको अधुरो क्रान्ति र अलपत्र न्यायको मर्मस्पर्शी कथा सुनाइरहने छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























