- Loading...
महावीर पुनः गाईगोठदेखी संसदको रोष्टम यात्रा

- घनश्याम खड्का
- ३ हप्ता अघि
- १८९ पटक पढिएको
आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई झण्डै तेब्बर मतान्तरले पछाडी छाड्दै म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्म्मेदवार महावीर पुन विजयीहुँदा मतगणनास्थल बाहिर सयौंको संख्यामा उनका सर्मथकहरु र्यालीसहित विजयउत्सव मनाउने तयारीमा थिए ।
तर नवनिर्वाचित जनप्रतिनिधी पुनले आफ्ना समर्थकहरुलाई रोक्दै भने, ‘विजय र्याली नगरौं, यसले चुनावमा सँगै प्रतिस्पर्धा गरेका पराजित साथीहरुको मनमा चोट पुग्न सक्छ । अवको बाटो सहकार्यको हो ।’ यो एउटा वाक्यले नै महावीरको राजनीतिक चातुर्यता र मानवीय उचाईलाई प्रष्ट्याउँछ ।
महावीरको यो भारी जित केवल एक राजनीतिक विजय मात्र थिएन, यो त दशर्कौदेखी गरेको सामाजिक सेवाको ‘जनअनुमोदन’ थियो । उनी सादगी जीवनशैलीको सामाजिक परिक्षण उत्तिर्ण भए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ८ नागी गाउँमा जन्मेर १५ बर्षको उमेरसम्म नागीका नुनथला, सेतोखस्रु, जलजला र हम्पालका धुरीमा गाईगोठ र घाँसदाउरा गाईगोठ र खस्रुका घाँसको भारी बोक्दै बाल्यकाल विताएका महावीर पुन आज मुलुकको नीति निर्माण गर्ने सर्वोच्च थलो प्रतिनीधि सभामा पुगेका छन । नागरिकतामा विस २०११ साल माघ ११ गते जन्ममिती लेखाएका महावीर पुन एक सांसद वा पूर्वमन्त्री मात्र हैनन, उनी नेपालको ग्रामिण प्रविधि र विदेशी सीप स्वदेश फर्काउने जिउँदा प्रतीक हुन ।
बाजे मैते पुनको ‘चल तिग्री खा जिब्री’ भन्ने दर्शनबाट दीक्षित महावीरको बाल्यकाल अभाव र सङ्घर्षमय थियो । भात खान दशैं कुर्नुपर्ने समयमा उनले काठको पाटीमा अँगारले लेख्न सिक्दै अक्षारम्भ गरे ।
‘बाल्यकालका गोठघर गर्दाका अधिकांश क्षण धुमिल हुँदै गएपनि बाजे मैते भन्ने गरेको उखान, ‘चल तिग्री खा जिब्री’ सम्झिरहन्छु । केटाकेटी उमेरमा काम भन्दा बढी खेल्न मन लाग्ने । बाजेले सम्झाई रहन्थे, ‘तिग्रा नचलाएपछि जिव्रोले के खान्छ ?’
नागीको मगर समाजमा जन्मिहुर्केका उनी ८ कक्षा पढ्न जन ६ घन्टा तल ‘क्षत्री’ बाहुल्य मल्लाजमा झरे, उनले पहिलो पटक जातीय र साँस्कृतिक विविधताको अनुभव गरे । बाबु कृष्ण पुनको ‘छोरालाई पढाउनु पर्छ’ भन्ने दृढताले यो परिवार २०२६ साल माघमा पुख्यौली थलो छोडेर चितवन झर्न बाध्य बन्यो ।
अमृत साईन्स क्याम्पसमा ‘जाङ्गे’ लगाएर पढ्दा उनले संभान्त वर्गको खिसीट्युरी सहे । त्यो माहौल आज पनि डा.सरोज धितालको मानसपटलमा ताजै छ । त्यतिबेला विद्यार्थीको पोसाक, बोल्ने शैली र उठबसले नै उनीहरुको आर्थिक हैसियत, भौगोलिक पृष्ठभूमि र सामाजिक बर्गाको प्रश्ट चित्र कोर्थ्यो । अस्कलमा आईएससी पढ्दाका सहपाठी डा धिताल सम्झिन्छन, ‘हामी त्यही ‘लो क्लास’ विद्यार्थीको समुहमा थियौं । तर त्यो समुहभित्र पनि एक जना यस्तो विद्यार्थी थियो, जसको हुलिया सबै भन्दा भिन्न र एक्स्ट्रा थियो । र उ महावीर पुन थियो ।’
जतिवेला कलेजमा सुकिलो देखिने होडबाजी हुन्थ्यो, महावीर भने सँधै खुट्टामा साधारण चप्पल र कालो जाँङ्गे (हाफ पाईन्ट) लगाएर कलेज जान्थे । अभावलाइ लुकाउन नखोज्ने उनको त्यो सादगी र अलिकति विद्रोही हुलियाले गर्दा सवैको आँखा उनीमाथी ठोकिन्थ्यो । क्याम्पसभरी त्यही विशेष ‘ड्रेसअप’का कारण चिनिन्थे ।
स्नातकपछि चितवनका विद्यालयमा १३ बर्ष विज्ञान पढाउँदा उनले विद्यार्थीलाई बंगुल पालनदेखी केरा खेतीसम्म सिकाय । तिनताका उनको स्व.जाग्रितप्रसाद भेटवालहरुसँग उनको उठवस थियो । शिक्षण पेशा त्यागेर काठमाण्डौ हानिए ।
काठमाण्डौका गल्लीमा ‘आवारा झै भौतारिँदा र बागबजारका भट्टीमा सुकुटी र तुम्बाको सिर्जना मेट्दा उनी खाडी मुलुक जाने तयारीमा थिए । तर बाटोमा भेटिएका पूर्व विद्यार्थीले उनलाई अमेरिकन लाईब्रेरी पुर्याए, त्यहीबाट उनको ‘नेब्रास्का, अमेरिका यात्रा’ यात्रा सुरु भयो ।
सन् १९९२ मा अमेरिकाको सुविधायुक्त जीवन त्यागेर उनी नागी फर्के । उनले जापानी मानवशास्त्री प्रा.जिरो कावाकिताले नेपालमा ल्याएको स्थानीय सहभागीताको दर्शनलाई आफ्नो ‘नागी मोडेल’मा मिसाए । गाउँको विकासकालागी उनले जापानी विकास दर्शन र अमेरिकी प्रविधीको फ्युजन गराएका छन ।
शिक्षा मन्त्री बन्दासम्म ५ महिना अघि सम्म पुन उनै कावाकिताले स्थापना गरेको हिमालय संरक्षण संस्था (आईएचसी)को अध्यक्ष थिए । कावाकिताले म्याग्दीको जुन भुगोलका गाउँवस्तीहरुमा बस्ने मानिसहरुको जिवन सहज बनाउन भौतिक ‘रोपवे/रुपलाइन’ जोडेका थिए, उनै कावाकिताको विकास दर्शनबाट प्रभावित महाविरले त्यही भुगोका वस्तीमा ‘डिजिटल रोपवे (वायरलेस इन्टरनेट’ले जोडे ।
साधारण घरायसी वाइफाई राउटर प्रयोगगरी ४० किलोमिटर परको पोखराबाट बादलमुनीका गाउँमा इन्टरनेट पुर्याउँदा उनलाई विश्वले सन् २००७ मा रोमन म्यागासेसे पुरस्कार दियो । आइएचसी संस्थाका संस्थापक कावाकिता र उनको विकास मोडेलको अनुकरण गर्ने चेला महावीर दुवैले एउटै भुमिमा ‘भौतिक रोपवे’ र ‘डिजिटल रोपवे’ पुर्याए वापत रोमन म्यागासेबाट पुरस्कृत हुन ।
महावीरको सार्वजनिक छवि जति चम्किलो छ, उनको पारिवारिक पाटो उत्रिकै त्यागी । अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडाकी ओममाायाँ पुर्जासँग प्रेम विवाह गरेका पुनका दुई छोरीहरु छन । श्रीमतीले पोखरामा सिलाई कटाई गरी र साथीभाइले गरेको सहयोगबाट घरखर्च चलाउँछिन ।
गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि बनेको चुनावी सरकारमा शिक्षा मन्त्री बनेका महावीर चार महिनापछि राजिनामा दिएर म्याग्दी निर्वचन क्षेत्रको चुनाव ‘सरप्राइज इन्ट्री’ हुँदा जिल्लाको परम्परागत चुनावी गणित पुरै खलवलियो । चुनावमा पुनले २२ हजार ८ सय ५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका हरीकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मतमा सिमित रहे ।
जीतसँगै पुनमाथी प्रश्न र अपेक्षाका पहाड खडा भएका छन । राष्ट्र्रिय आविस्कार केन्द्र र वीरगंञ्जको कृषी औजार कारखानाको भविश्यलाई लिएर धेरैको चासो छ । किनभने राष्ट्र्रिय आविष्कार केन्द्र अहिलेसम्म पुनको उर्जा, पागलपन र क्रेजमा टिकेको छ । सहयोगीहरुलाई डर छ, यदी महावीर सिंहदरवारमा फाईल र संसदीय अङ्कगणितमा अल्झिए भने ? पुन आफै सरकारको हिस्सा बनेपनि अव उनले फेरी जनतासँग चन्दा माग्लान कि महावीरको वुढ्यौली उमेर जस्तै यी संस्थाहरु पनि विस्तारै गल्दै, थाक्दै ढल्लान ?
यस विषयमा महावीरका मुख्य सहयोगी तथा चुनावी अभियानका कमाण्डर चित्रबहादुर तिलिजा भन्छन, ‘नवनिर्वाचित सांसद पुनको प्रहिलो प्राथमिकता नीतिगत सुधारमा नै रहने छ । संसद बैठक बस्नु अघि पुन काठमाण्डौको राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्जको कृषी औजार कारखाना पुग्ने र त्यहाँको अवस्था वुझ्ने कार्यायोजना छ । त्यसपछि मात्र उनी म्याग्दी फर्केर स्थानीय तहसँगको समन्वयमा विकासका योजनाको सूची तयार पार्नुहुनेछ ।’
विजयी भएपछि संञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा पुनले आफ्नो कार्ययोजना प्रष्ट पारका छन । उनले भने, ‘एक पटक काठमाण्डौ पुगेर फर्केपछि जनताको घरदैलोमा पुग्छु । योजनाहरु सांसदले केन्द्रबाट छनौट गर्ने होईन, स्थानीय सरकारले आवश्यकता महसुस गरेका योजनाहरु नै सांसदका योजना बन्नुपर्छ । म बजेट बाँड्ने भन्दा पनि स्थाीय सरकारका योजनालाई केन्द्रसम्म पुर्याउने र बजेट ब्यवस्थापनमा सहजीकरण गर्छु । सवै दल र स्थानीय सरकारसँगै मिलेर काम गर्छु ।’
म्याग्दीका मतदाताको अपेक्षा छ, महावीर अव हाम्रा प्रतिनिधी भए । गाउँ गाउँमा विकास पूर्वाधार बनुन, फिललो शुसासन मजवुद बनोस । उता सहयोगीहरुका चाहना छ, महाविरले आविष्कार केन्द्रको प्रयोगशाला अलपत्र नछाडुन । यी दुई अपेक्षाहरुको सन्तुलन मिलाउन महावीरले नसके उनको छवि संकटमा पर्न सक्ने खतरा छ ।
म्याग्दीका मतदाताले झण्डै तेब्बर मतान्तरले विजयी बनाई सिंहदरवार पठाएर विगतको पसिनाको मुल्य त चुक्ता गरे ।’तर गाउँाँ विकास र सुशासनको अपेक्षा अझै बाँकी छन । आविश्कार केन्द्र, कृषी औजार कारखाना, मतदाताका अपेक्षा र सिंहदरवारको राजनीतिबीचको सन्तुलन मिलाउनमा महावीरको वास्तविक परीक्षा भने अव सुरु भएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























