- Loading...
प्रि-मनसुन सुरू, शुक्रवारदेखी आइतवारसम्म मध्यम देखि भारी वर्षा

- पुनहिल डट कम
- ३ हप्ता अघि
- १५४ पटक पढिएको
प्रि-मनसुन सुरू भएकाे छ । प्रि-मनसुनका कारण पर्सि शुक्रवारदेखी अइतवारसम्ममा छाटाे समयकालागी मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे मैषमविद्हरूले बताएका छन । उक्त प्रणाली भने विहिवारदेखी नेपाल प्रवेश गर्देछ ।
मैषमविद् विनाेद पाेख्रेलका अनुसार प्रि-मनसुन सिजनमा छोटो समय को लागि हावाहुरी, मेघगर्जन/चट्याङ्ग सहित असिना पानी पर्ने भएकाले सतर्क हुन आवश्यक छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि मनसुनका समयमा कुनैबेला खुल्ने, फेरि प्रणाली विकास भएर बदली हुनेक्रम जारी रहने हुन्छ । शुक्रबार र शनिबार बदली थप बढी देखिने र ठाउँठाउँमा वर्षा हुने तर देशैभरि एकैसाथ पानी पर्नेभन्दा पनि कतै पर्ने कतै रोकिने अवस्था रहने छ ।
वरिष्ठ मौसमविद् प्रि मनसुनका समयमा हावाहुरी, चट्याङ र असिनापानीको बढी जोखिम हुने पनि बताए । कतै घाम लागिरहेको समयमा अर्को ठाउँमा हावाहुरी र असिनापानीले ठूलो असर गराउने भएकाले सचेत रहन उनको आग्रह छ ।
तर विभागले मंगलबार साँझ सार्वजनिक गरेको बुलेटिनमा बुधबार देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बिहीबार (५ चैत) लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत गण्डकी, वाग्मती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























