- Loading...
वेस्ट प्वाइन्टमा अन्तर मावि विषयगत हाजिरी जवाफ: लिटिल गार्डेन प्रथम

- पुनहिल डट कम
- ६ महिना अघि
- २८४ पटक पढिएको
बेनी, २९ फागुन । युवा रेडक्रस सर्कल (यूरेस) न्यु वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार जिल्ला स्तरीय ‘अन्तर माध्यमिक विद्यालय विषयगत हाजिरी जवाफ प्रतियोगिता’ सम्पन्न भएको छ ।
एसईई (SEE) परीक्षालाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन एकेडेमी बेनीले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
विद्यालयको प्रेक्षालयमा सम्पन्न भएको उक्त प्रतियोगितामा म्याग्दी जिल्लाका १० वटा विद्यालयहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय द्वितीय, बेनी आवासीय माध्यमिक विद्यालय तृतीय र आयोजक न्यु वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विजेता विद्यालयहरूलाई क्रमशः नगद रु ८ हजार, ५ हजार, ३ हजार र १५ सय सहित खादा, उपहार र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति श्री अमर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सामूहिक तथा एकल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जक बनाएका थिए ।
प्रतियोगितामा अंग्रेजी, नेपाली, गणित, सामाजिक शिक्षा, विज्ञान, र्यापिड फायर र रेडक्रस गरी सातवटा विभिन्न विधामा प्रश्नहरू सोधिएको थियो ।
युवा रेडक्रस सर्कलकी अध्यक्ष सुश्री समृद्धि घर्ति मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेस्ट प्वाइन्ट फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, संस्थापक निर्देशकहरू सुदर्शन कुमार श्रेष्ठ, सुवास कुमार श्रेष्ठ, तुल्सीकुमारी श्रेष्ठ, प्रिन्सिपल डिबी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















