FLASH NEWS
  • Loading...

म्याग्दीमा राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको पूर्णकदको प्रतिमा अनावरण

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०६ पटक पढिएको
म्याग्दीमा राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको पूर्णकदको प्रतिमा अनावरण

नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता दिलाउन सफल कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा पूर्णकदको प्रतिमा (स्तम्भ) स्थापना गरिएको छ।
जिल्ला खेलकुद विकास समिति, म्याग्दीको पहलमा निर्माण गरिएको उक्त प्रतिमाको बुधबार एक विशेष समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अनावरण गरे । बेनी नगरपालिका वडा नं. ८ स्थित कालीपुल (मुक्तिनाथ प्रवेशद्वार) मा स्थापना गरिएको यो प्रतिमा करिब ५ फिट ८ इन्च उचाइको रहेको छ, जुन फाइबर सामग्रीबाट निर्माण गरिएको हो।

प्रतिमा अनावरण कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले अरुणा शाही म्याग्दीको मात्र नभई सिंगो देशकै खेल क्षेत्रकी ‘नक्षत्र’ भएको बताए । म्याग्दीको रघुगंगा गाउँपालिका-३, पिप्लेमा जन्मिएकी शाहीले नेपाली टोलीको नेतृत्व सम्हालेपछि नेपालले भलिबलमा ठूला अन्तर्राष्ट्रिय उपलब्धिहरू हासिल गरेको छ ।
म्याग्दी जिल्लालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने, नयाँ पुस्ताका महिला खेलाडीहरूलाई खेलकुदमा लाग्न उत्साहित गर्ने, कप्तान शाहीले अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको अतुलनीय योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतिमा स्थापना गरिएके जिल्ला खेलकुद विकास समितिले जनाएके छ ।

सन् २०१४ मा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी शाहीले विगत ६ वर्षदेखि टोलीको कप्तानी सम्हाल्दै आउनुभएको छ। उहाँकै नेतृत्वमा नेपालले, एभीसी सेन्ट्रल जोन प्रतियेगिता लगातार दुई पटक स्वर्ण पदक प्राप्त गरेको थिये । त्यस्तै, १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको र काभा वुमन्स च्यालेन्ज कपमा पदकहरू हासिल गरेको थिये ।
करिब ९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस स्तम्भमा शाहीको खेल जीवन र प्राप्त उपलब्धिहरूको संक्षिप्त विवरणसहितको शिलालेख समेत राखिएको छ। कार्यक्रममा अमाबाबुसहित उपस्थित कप्तान शाहीले आफ्नो सम्मानमा प्रतिमा निर्माण हुनुले थप जिम्मेवारी बोध गराएको महसुस भएके बताइन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र