- Loading...
म्याग्दीमा ३ जना बाहेक सवै उम्मेदवारकाे धराैटी जफत

- पुनहिल डट कम
- १ महिना अघि
- १३८ पटक पढिएको
हालै सम्पन्न प्रतिनीधि सभा सदस्य पदकालागी चुनावी प्रतिस्पर्धामा उत्रेका म्याग्दीका १२ जना उम्मेदवारहरूमध्य ९ जना उम्मेदवारहरूले अाफ्नाे जमानत फिर्ता गर्न सकेनन ।
नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको मात्र धरौटी (जमानत) फिर्ता हुन्छ। १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुन्छ। उम्मेदवारी दर्ता गर्दा १० हजार रूपैयाँ धराैटी राख्नु पर्ने ब्यवस्था छ ।
म्याग्दीमा कुल सदर मत: ४३,१६० रहेकाे थियाे । यसमा जमानत जोगाउन आवश्यक न्यूनतम मत (१०%): ४,३१६ मत अावश्यक पर्ने ब्यवस्था अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भए । चुनावी प्रतिस्पर्धामा दाेस्राे स्थान लिएका हरीकृष्ण श्रेष्ठ (नेकपा एमाले) ७,९१९ मत र तेस्राे स्थानमा चित्त बुझाएका कर्ण बहादुर भण्डारी (नेपाली कांग्रेस) ६,६७६ मतले मात्र अा-अाफ्नाे जमानत जाेगाएका छन ।
उम्मेदवारमा अर्जुन बहादुर थापा (नेकपा) ३,५२९ मत, युवराज रोका (राष्ट्रिय स्वतन्त्र पार्टी) १,५३० मत, डम्बर बहादुर सुवेदी (राप्रपा) २५२ मत, क्षेत्रबहादुर घिमिरे (नेकपा माओवादी) १८५ मत, बिनोद राना (श्रम संस्कृति पार्टी) १२७ मत, देवेन्द्र कामी (प्रगतिशील लोकतान्त्रिक) ३८ मत, तुल प्रसाद गर्बुजा (नेशनल रिपब्लिक) २७ मत, छेम बहादुर वि.क. (राजमो) २२ मत र भिम बहादुर लामा (मंगोल नेशनल)ले ५ मत मात्र प्राप्त गरेकाेले जमानत सुरक्षित गर्न सदरमतकाे १० प्रतिशत मत ल्याउन नसक्दा धराैटी जफत भएकाे हाे ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























