FLASH NEWS
  • Loading...

म्याग्दीमा समानुपातिकतर्फ रास्वपा पहिलो

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ७० पटक पढिएको
म्याग्दीमा समानुपातिकतर्फ रास्वपा पहिलो

म्याग्दीको राजनीतिमा यसपटक एउटा ठूलो परकम्प गयो। वर्षौंदेखि जरा गाडेर बसेका पुराना दलहरूको ‘कोर एरिया’ भनिएका वडाहरूमा समेत यसपटक नयाँ तरङ्ग देखियो। प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताएका मतदाताले समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नै पहिलो रोजाइ बनाए ।
जिल्लाभर रास्वपाले १९ हजार ९ सय ५७ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गर्दा नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: दोस्रो र तेस्रो स्थानमा खुम्चिए। एमालेले ९,४५७ र नेपाली कांग्रेसले ७,५९४ मत प्राप्त गरे । त्यस्तै नेकपाले ४ हजार १ सय ६२ र राप्रपाले ८४४ मत पाएका छन्।
म्याग्दीको ठ्याक्कै उल्टो चित्र देखियो हिमाल पारिको जिल्ला मुस्ताङमा । म्याग्दीमा ‘घण्टी’ को लहर चल्दा मुस्ताङले भने आफ्ना पुराना सारथिहरूलाई नै विश्वासको मत दियो । यहाँका कुल ११ हजार ६४५ मतदातामध्ये मतदानमा सहभागी भएकाहरूले फेरि पनि नेपाली कांग्रेस र नेकपा एमालेलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा उभ्याए ।
मुस्ताङको नतिजामा नेपाली कांग्रेस र नेकपा एमालेबीच निकै रोचक र कडा प्रतिस्पर्धा देखियो । कांग्रेसले २ हजार ५३९ मतका साथ झिनो अग्रता लिँदा एमालेले २ हजार ५०२ मतका साथ उसलाई पछ्याइरह्यो । म्याग्दीमा तहल्का मच्चाएको रास्वपा मुस्ताङमा भने ८७६ मतका साथ तेस्रो स्थानमा मात्रै सीमित रहन पुग्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र