FLASH NEWS
  • Loading...

म्याग्दीमा महावीर पुन प्राविधिक रूपमा विजयी

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ६२ पटक पढिएको
म्याग्दीमा महावीर पुन प्राविधिक रूपमा विजयी

म्याग्दी निर्वाचन क्षेत्रको मत गणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार महावीर पुन प्राविधिक रूपमा विजयी भएका छन । जिल्लाका ६ वटा स्थानीय तहमध्य अन्नपुर्ण गाउँपालिकाके मात्र मत गणना बाँकी रहँदा पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई अपराजित मतान्तरले पछाडि पार्नुभएको हो।
घाषणाहुन बाँकी विवरण अनुसार महावीर पुनले १८,६४७ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ६,८५२ मतले पछ्रयाएका छन । दुइ जना विच ११,७९५ मतान्तर छ । अव गणना गर्न अन्नपूर्ण गाउँपालिकाके ६,५५८ मत बाँकी छ ।
अन्नपूर्ण गाउँपालिका पुनको आफ्नै गृहपालिका समेत भएकाले त्यहाँबाट आउने मतले यो अन्तरलाई अझै फराकिलो बनाउने निश्चित छ।
म्याग्दीलाई परम्परागत रूपमा एमाले र कांग्रेसको बलियो पकड भएको जिल्ला मानिन्थ्यो। तर, महावीर पुनले पाएको मतले मतदाताहरू अब पार्टीको ‘ह्विप’ भन्दा पनि उम्मेदवारको ‘क्षमता’ र ‘छवि’ हेर्न थालेको संकेत गर्छ। एमाले, कांग्रेस र माओवादी जस्ता स्थापित शक्तिहरू पुनको आँधीबेहरीमा निकै पछाडि परेका छन्।
यस निर्वाचनमा प्रवासमा रहेका म्याग्देलीहरू र जिल्लाका युवाहरूको सक्रियता महावीर पुनको पक्षमा स्पष्ट देखिएको थियो। सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गर्दै गरिएको ‘साइलेन्ट’ प्रचारले दलीय संयन्त्रलाई असफल तुल्याइदिएको छ।
बाँकी रहेको अन्नपूर्ण गाउँपालिकाको मत गणना अब केवल औपचारिकता मात्र हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र