- Loading...
म्याग्दीका उम्मेदवारहरू चुनावी सभामा ब्यस्त, काे काे उम्मेदवार कहाँ पुगे ?

- पुनहिल डट कम
- १ महिना अघि
- ९८ पटक पढिएको
एमालेका हरीकृष्ण श्रेष्ठ र नरदेवी पुन मराङ, मल्कवाङहुँदै निस्काेटका मतदाताकाे घरदैलेमा मत माग्दै
एमाले म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई मालिका १ निस्कोट र ओखरबोटमा मतदाताले फेटा गुथाएर स्वागत गरेका छन । टेलीमा एमालेकी समानुपातिक तर्फकी उम्मेदवार नरदेवी पुन, प्रदेश अध्यक्ष नवराज शर्मा, युवा नेता शुभाष विश्वकर्मा समेत सहभागी छन ।
श्रेष्ठ धवलागिरीका मराङ, मल्कवाङ, मलम्पार लगायत मालिका गाउँपालिकाका केही वस्तीबाट फर्केर मालिकाका दरवाङहुँदै निस्केट उक्लेके हाे । उम्मेदवार सहितको टोलीलाई स्थानीय मतदाताहरुले भव्य स्वागत गरेका छन् ।
नेकपाका उम्मेदवार अर्जुन थापाले गरे भगवती र बेगमा चुनावी भेला
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगमा चुनाबी भेला गरेका छन् ।
थापा समेत नेकपाका नेता कार्यकर्ता सम्मिलित टेलीले बेग र भगवतीका विभिन्न टोल र बस्ती स्तरमा पुगेर मतदाता भेटघाट गरी मतदान गर्न आग्रह गरेका छन् ।
काँग्रेसका केवी भण्डारी मालिका र धवलागिरीमा मत माग्दै 
प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केवी भण्डारी सहितका नेता कार्यकर्ताहरु धवलागिरी गाउँपालिका ७ ताकम, मालिका गाउँपालिका -४ च्युरीबोट, वडा ५ देविस्थान लगायतका ठाउँमा चुनावी सभामा गरेका छन । टाेलीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ, जिल्ला सभापति तथा निवर्तमान प्रतिनिधी सभा सदस्य खम्बीर गर्वुजा समेतकाे टाेली सहभागी छ ।
महावीर पुन रूम क्षेत्रका वस्तीमा मत माग्दै
स्वतन्त्र उम्मेदवार महावीर पुनले मालिका गाउँपालिकाके रूम क्षेत्रका विभिन्न वस्तीमा मत माग्दै चुनावी सभा गर्दैछन ।चुनावी चटाराेले लखतरान भएका ७१ बर्षकाे वुढ्यैली थेग्न मुस्किल भएपछि भगवानसँग ….चाहेकाे भिडियाे सामाजिक संञ्जालमा भाइरल छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























