- Loading...
मतदाता शिक्षा कि मतदान सूचना ? किन चाहिन्छ ?

- पुनहिल डट कम
- १ महिना अघि
- ११९ पटक पढिएको
निर्वाचनको सरगर्मी बढेसँगै गाउँदेखि सहरसम्म निर्वाचन आयोगका विभिन्न सामग्रीहरू देखिन थालेका छन्। राजनैतिक दल, उम्मेदवारहरू देखी निर्वाचन अयेगले भोट कसरी हाल्ने?” देखि “निर्वाचनको महत्त्व” सम्मका सन्देश मतदातासम्म पुर्याइरहेका छन्। तर, प्राविधिक रूपमा ‘मतदाता शिक्षा’ र ‘मतदान सूचना’ बीच ठुलो भिन्नता छ।
मतदाता शिक्षा एक व्यापक र सैद्धान्तिक प्रक्रिया हो। यसले नागरिकलाई मतदानको मूल्य, लोकतन्त्रमा आवधिक निर्वाचनको आवश्यकता र आफ्नो मतको शक्तिबारे सचेत गराउँछ।
“भोट किन हाल्ने?” र “सक्षम उम्मेदवार कसरी छान्ने?” भन्ने कुरा मतदाता शिक्षाको मूल पाटो हो। यसले नागरिकलाई राजनीतिक रूपमा सचेत बनाउँदै निर्वाचनमा सहभागी हुन प्रेरित गर्छ। यो प्रक्रिया निर्वाचनको मिति घोषणा हुनुभन्दा धेरै अघिदेखि नै सञ्चालन गरिने गरिन्छ ।
त्यस्तै, निर्वाचनको मुखमा निर्वाचन आयोगले सबैभन्दा बढी प्रवाह गर्ने जानकारी नै ‘मतदान सूचना’ हो। यो पूर्ण रूपमा प्राविधिक र व्यवहारिक हुन्छ।
मतदान कहिले हुन्छ? आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन? मतदान केन्द्र कहाँ पर्छ? र सबैभन्दा महत्त्वपूर्ण कुरा— मतपत्रमा छाप कसरी लगाउने ताकि मत बदर नहोस्? यस्ता जानकारीहरू मतदान सूचना अन्तर्गत पर्दछन्। यसको मुख्य उद्देश्य बदर मतको संख्या घटाउनु र मतदातालाई मतदान केन्द्रसम्म सहजै पुर्याउनु हो।
निर्वाचन आयोगले सञ्चालन गर्ने अभियानहरूमा यी दुवै पक्ष समाहित हुन्छन्। तर, निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगको ध्यान ‘मतदान सूचना’ मा बढी केन्द्रित हुने गर्दछ।
आयोगका एक अधिकारीका अनुसार, “हामीले मतदातालाई लोकतन्त्रबारे शिक्षित त गर्छौँ नै, तर निर्वाचनको समयमा हाम्रो प्राथमिकता कसैको मत खेर नजाओस् भन्नेमा हुन्छ। त्यसैले मतपत्र र मतदान प्रक्रियाबारे दिइने जानकारीहरू यस बेला बढी प्रभावकारी हुन्छन्।”
मतदाता शिक्षाले ‘चेतना’ दिन्छ भने मतदान सूचनाले ‘प्रक्रिया’ सिकाउँछ। निर्वाचनलाई सफल बनाउन नागरिक सचेत (शिक्षित) हुनु र प्रक्रियाबारे जानकार (सूचित) हुनु दुवै उत्तिकै अनिवार्य छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























