- Loading...
म्याग्दीमा सडक निर्माण क्रममा एक मजदुरको मृत्यु, दुई घाइते

- पुनहिल डट कम
- १ महिना अघि
- १३६ पटक पढिएको
म्याग्दीको मंगला गाउँपालिका–२, सल्यानमा सडक निर्माणको काम गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक जना कामदारको मृत्यु भएको छ।
आइतबार दिउँसो करिब १:०० बजे बाबियाचौरबाट सल्यानतर्फ जाने भित्री सडक खण्डमा ग्याभिन जाली भर्ने क्रममा अचानक पहिरो खसेको थियो। पहिरोमा परी रोल्पाको सुनछहरी गाउँपालिका–२ का २८ वर्षीय सत बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएके छ।
घटनालगत्तै प्रहरी चौकी बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक सुमन थापा र इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रनिन्द्र कार्कीको नेतृत्वमा टोली खटिएर उद्धार कार्य गरेको थियो।
पहिरोमा पुरिएका सत बुढामगरलाई दिउँसो २:०० बजे उद्धार गरी प्रदेश अस्पताल बेनी पठाइएकोमा उपचारकै क्रममा २:४० बजे चिकित्सकले मृत घोषित गरेका थिए। त्यस्तै, सोही स्थानका ३४ वर्षीय केशमान बुढामगरको दाहिने साप्रा र तिघ्रामा चोट लागेको थियो। उनको अवस्था मध्यम रहेकोमा उपचार पश्चात साँझ ६:०० बजे डिस्चार्ज गरिएको छ।
मृतकको शव हाल प्रदेश अस्पताल म्याग्दीको शव गृहमा राखिएको र पोष्टमार्टम हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























