- Loading...
एमाले उम्मेदवार हरीकृष्ण भाेट माग्दै काफलडाँडा, राम्चे र नागीमा, मतदाता ‘आफन्त कि पार्टी’ राेज्ने धर्म संकटमा

- पुनहिल डट कम
- १ महिना अघि
- १०४ पटक पढिएको
म्याग्दी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
नेकपा एमालेका तर्फबाट म्याग्दीका प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र समानुपातिक उम्मेदवार नरदेवी पुन यतिबेला अन्नपूर्ण गाउँपालिका-८ को काफलडाँडा, राम्चे र नागी गाउँमा मतदाता रिझाउन व्यस्त छन।
अाप्फना एजेण्डा र प्रतिबद्धता चुनावी अभियानका क्रममा काफलडाँडा, राम्चे र नागी पुगेका उम्मेदवारद्वयले एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धि सम्भव रहेको दाबी गर्दै भोट मागेका छन। प्रत्यक्षतर्फाका उम्मेदवार श्रेष्ठले जिल्लाको सडक पूर्वाधार, पर्यटन प्रवर्द्धन र शिक्षा क्षेत्रको सुधारलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन भने समानुपातिक उम्मेदवार पुनले महिला सशक्तिकरण र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छिन ।
त्यसैविच, यसपटक नागी र राम्चे क्षेत्रको चुनावी माहोल भने निकै रोचक र पेचिलो बनेको छ। सूचना प्रविधिका अभियन्ता एवं राष्ट्रिय व्यक्तित्व सहित अाफ्ने गाउँकाे, नातागाेता रहेका महावीर स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा भएपछि नागी र राम्चेका मतदाताहरू यतिबेला ‘धर्मसङ्कट’ मा परेका छन्।
एकातिर आफ्नै गाउँका आफन्त र जातीय समुदायका स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् भने अर्कोतिर आफू लामो समयदेखि आबद्ध रहेको राजनीतिक दल (नेकपा एमाले) का उम्मेदवार भोट माग्न गाउँ आइपुगेका छन्। स्थानीय एक मतदाताका अनुसार, “गाउँको मान्छे र नातागोतालाई छोड्न पनि गाह्रो, वर्षौँदेखि झण्डा बोकेको पार्टीलाई बिर्सन पनि नसकिने अवस्था छ।”
एमालेको कसरत यही रणनीतिक अन्योलका बीच एमाले टोलीले नागी र राम्चेमा घरदैलो तीव्र पारेको छ। उम्मेदवारहरूले व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर राष्ट्रिय राजनीति र स्थायी सरकारका लागि पार्टीको चुनाव चिह्न ‘सूर्य’ मा मतदान गर्न मतदातालाई आग्रह गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारको ‘सेन्टिमेन्ट’ ले एमालेको विरासतमा कति असर पार्छ भन्ने कुरा भने फागुन २१ को परिणामले नै देखाउनेछ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























