FLASH NEWS
  • Loading...

म्याग्दीमा जिप दुर्घटनामा ६ जना घाइते, चालक नियन्त्रणमा

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०४ पटक पढिएको
Post Thumbnail

धवलागिरी गाउँपालिका-४ केराबारीमा बिहीबार दिउँसो एक बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नाउराबाट बेनीतर्फ आउँदै गरेको ग १ च ७२२२ नम्बरको जिप सडकबाट करिब २५ मिटर तल खस्दा दुर्घटना भएको हो। बिहीबार दिउँसो करिब १:५० बजेको समयमा भएको उक्त दुर्घटना ‘ब्रेक फेल’ भएका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना लगतै स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि आधारभूत स्वास्थ्य चौकी दरवाङ पुर्‍याइएको छ।
जिपमा चालकसहित ७ जना सवार थिए। घाइते हुनेहरूमा धवलागिरी-४, का टिका घर्ती (४० वर्ष), तोरमखाँद-५, अछामका खगेन्द्र शाही, चन्द्रपुर-१, रौतहटका मनिराज लुङ्गेली (३९ वर्ष), तुरमखान-५, अछामका निरक शाही (२० वर्ष), पालदिङ तामाङ (३४ वर्ष) निक्लाजुङ-४, पाँचथर र धवलागिरी-४, म्याग्दीका छयन्द्र घर्ति (२२ वर्ष) रहेको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएके छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली खटिएको थियो। जिप चालक धवलागिरी गाउँपालिका-४ बगर बस्ने ३७ वर्षीय नन्द बहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिप अहिले पनि घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र