- Loading...
म्याग्दीमा सुन्तला बेचेर ३१ करोड ६० लाख भित्रियो

- घनश्याम खड्का
- २ महिना अघि
- ९० पटक पढिएको
म्याग्दीका किसानका लागि सुन्तला खेती अब केवल जीविकोपार्जनको माध्यम मात्र रहेन, यो समृद्धिको बलियो आधार बन्न थालेको छ। यस वर्ष यहाँका कृषकले सुन्तला निर्यात गरी ३१ करोड ६० लाख ५० हजार रुपैयाँभन्दा बढी नगद जिल्ला भित्र्याएका छन्।
दशकौँदेखि निर्वाहमुखी खेतीमा सीमित यहाँका किसानलाई गाउँसम्मै सडक विस्तार भएपछि बजारसँग सिधा पहुँच मिलेको छ। ढुवानी सहज भएसँगै व्यापारीहरू खरिदका लागि नगद बोकेर कृषकको बारीमै पुग्न थालेका छन्।
उत्पादन र आम्दानीको अवस्था
कृषि विकास कार्यालय (साविक कृषि ज्ञान केन्द्र) का प्रमुख सञ्जीव बास्तोलाका अनुसार जिल्लाभर ८ सय ३५ हेक्टरमा सुन्तला खेती भइरहेको छ। त्यसमध्ये यस वर्ष उत्पादनशील ४ सय ३० हेक्टर क्षेत्रफलबाट ४ हजार ५ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। उक्त सुन्तला प्रतिकिलो औसत ७० रुपैयाँमा बिक्री गर्दा ३१ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बास्तोलाले जानकारी दिए।
कार्यालयका सूचना अधिकारी एवं जेटी गणेश बानियाँका अनुसार जिल्लामा सबैभन्दा बढी सुन्तला बेनी नगरपालिका–४, बास्कुनाका १३० घरधुरीले बिक्री गरेका छन्। बास्कुनाबाट मात्रै ६ करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी भएको छ। बानियाँका अनुसार स्थानीय किसान सन्दीप केसीले २२ लाख, तथा डिलबहादुर केसी र तिलक गुरुङले जनही १४ लाख रुपैयाँभन्दा बढीको सुन्तला बगैँचाबाटै बिक्री गरेका छन्। व्यावसायिक सुन्तला खेतीले यहाँको परम्परागत जीवनशैलीमा समेत आमूल परिवर्तन ल्याउन थालेको छ।
उत्पादनमा सामान्य गिरावट
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा भने केही कमी आएको छ। प्राविधिकहरूका अनुसार यस वर्ष सुन्तलाको ‘अफ इयर’ (थोरै फल्ने वर्ष) परेकाले उत्पादन करिब ७ प्रतिशतले घटेको हो। कृषि कार्यालयले ‘क्रप–कटिङ’ विधिबाट मापन गरी व्यापारीले किसानलाई तिरेको औसत मूल्यका आधारमा यो आम्दानीको तथ्याङ्क निकालेको हो।
बेमौसममा बढी मूल्य
जिल्लाका अधिकांश कृषकले कात्तिक–मंसिरमै सुन्तला टिपिसकेका भए पनि अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका बारीमा भने माघ तेस्रो सातासम्मै सुन्तला लटरम्म छन्। सिजनको सुरुमा सुन्तला बेच्ने किसानले प्रतिकिलो ६० रुपैयाँसम्म पाएका थिए भने अहिले दोसल्लेका किसानले बोटबाटै प्रतिकिलो १८० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्।
“यसपालि बोटमा सुन्तलाको संख्या कम भए पनि साइज र तौल राम्रो छ, त्यसैले मूल्य पनि राम्रो पाइयो,” अगुवा कृषक विकास श्रेष्ठ भन्छन्, “दोसल्लेमा भर्खर टिप्ने सिजन सुरु भएको छ। अहिलेसम्म ८० लाखको सुन्तला पठाइसक्यौँ, सिजनको अन्त्यसम्ममा यो सानो गाउँमा मात्रै २ करोडभन्दा बढी नगद भित्रिने आशा छ।”
श्रेष्ठका अनुसार म्याग्दीको सुन्तला रसिलो र भण्डारण क्षमता बढी भएकोले बजारमा व्यापारी र उपभोक्ता दुवैको माग उच्च छ। सदरमुकाम बेनीका स्थायी बासिन्दा श्रेष्ठ आफ्नो पुख्यौली कपडा व्यवसाय छाडेर कृषि कर्मका लागि दोसल्ले पुगेका एक सफल कृषक हुन्।
विगत तीन वर्षको तुलनात्मक विवरण
जिल्लामा पछिल्ला वर्षहरूमा सुन्तला खेतीको क्षेत्र र उत्पादन दुवैमा उत्साहजनक वृद्धि देखिएको कृषि कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























